सोमबार, असार २२,२०८३ 07:08:24
Bizshala
  • सोमबार, असार २२,२०८३ 07:08:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ४० नयाँ प्रडक्ट लन्च हुने

Laxmi Sunrise Bank Limited
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ४० नयाँ प्रडक्ट लन्च हुने

काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा आगामी साउन २६ गते ३१ गतेसम्म आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा ४० भन्दा बढी नयाँ प्रडक्ड लन्च हुने भएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले एक्स्पोमा सवारीसाधनसहित विभिन्न अटोमोबाइलसम्बन्धी उत्पादनको सार्वजनिक प्रदर्शन र लन्च गरिने जनाएको छ ।  

एक्स्पोका संयोजक गौरव शारदाका अनुसार नयाँ मोटरसाइकल, स्कुटर, कार तथा कमर्शियल भेहिकलका साथै ब्याट्री, चार्जर, स्पेयर पाट्र्सलगायत ४० भन्दा बढी नयाँ प्रोडक्ट सार्वजनिक गरिनेछन् ।

आयोजकका अनुसार एक्स्पोको तयारी तीव्र गतिमा भइरहेको छ । अवलोकनकर्ताको सुविधाका लागि नेपाल पुलिस क्लबमा पार्किङको व्यवस्था गरिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

आयोजकका अनुसार टिकटमा ५० प्रतिशत छुट, लर्निङ सेसन, फुड कोर्ट तथा पठाओमार्फत विशेष छुटसहितको सटल सेवा उपलब्ध गराइनेछ ।  

यस वर्षको एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्शियल सवारी गरी ५५ वटा ब्रान्डको सहभागिता रहनेछ ।

चारपाङ्ग्रे सवारीतर्फ टाटा, आरफक्स, बीएआइसी, बीवाइडी, सिट्रोन, डेन्जा, फरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, एमजी (पारामाउन्ट मोटर्स), निसान, हुन्डाई, महिन्द्रा, आइकार, ओमोडा÷जेको, प्रोटोन, केई, किया, लीपमोटर, मेक्सस, एमजी (गो अटोमोबाइल), होनरी बोमा, प्यूजो, टोयोटा, विलिङ र जिकर सहभागी हुनेछन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दुईपाङ्ग्रे ब्रान्डमा एथर, बजाज, सीएफ मोटो, जिहो, ग्यारो, होन्डा, क्यारन, केटीएम, मोर्बिडेली, एनआइयु, प्यूजो एन्ड बेगुस, रोयल इनफिल्ड, सुजुकी, ट्रायम्फ, टिभीएस, अल्ट्राभोइलेट, याडिया र जेडएक्स मोटो सहभागी रहनेछन् ।

त्यस्तै, लाइट कमर्शियल सवारीतर्फ चेरी वान्डा, क्यारी, किटोन र स्काइवर्थ ब्रान्डले आफ्नो उपस्थिति जनाउनेछन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.