काठमाण्डौ । सोमबार सेयरबजारमा साढे ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, लिन्च स्टक मार्केट, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज र प्रिमियर सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा मेगा स्टक मार्केट्स, नासा सेक्युरिटिज, सुमेरु सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा अनलाइन सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै ७३ करोड ६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ८९.१३ प्रतिशत सेयर खरिद भएको छ भने १०.८७ प्रतिशत सेयर बिक्री भएको छ ।


