Bizshala
  • मंगलवार, असार २३,२०८३ 02:36:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतीय भन्सार महसुलको असरः स्टिल निर्यात घट्दा नेपालले गुमायो रु.१०.५९ अर्ब

Laxmi Sunrise Bank Limited
भारतीय भन्सार महसुलको असरः स्टिल निर्यात घट्दा नेपालले गुमायो रु.१०.५९ अर्ब

काठमाण्डौ । नेपालबाट भारततर्फ हुने फलाम तथा स्टिलको निर्यातमा ठूलो गिरावट आएको छ। भारत सरकारले स्टिलजन्य उत्पादनमा लागू गरेको ‘सेफगार्ड ड्युटी’ अर्थात् संरक्षणात्मक भन्सार महसुलका कारण चालु आर्थिक वर्षको ११ महिनामा नेपाली स्टिल निर्यात ६८.६७ प्रतिशतले घट्न पुगेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब ४२ करोड रुपैयाँ बराबरको स्टिल निर्यात भएकोमा चालु आर्थिक वर्षमा घटेर ४ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ। यससँगै नेपालले एक वर्षभन्दा कम अवधिमै १० अर्ब ५९ करोड रुपैयाँ बराबरको निर्यात आम्दानी गुमाएको छ।

भारतले गत डिसेम्बरदेखि सस्तो आयात नियन्त्रण गर्ने उद्देश्यले चिनियाँ कच्चा पदार्थ प्रयोग भएका केही स्टिल उत्पादनमा ११ देखि १२ प्रतिशतसम्मको तीन वर्षे सेफगार्ड ड्युटी लागू गरेको थियो। यसको प्रत्यक्ष असर नेपाली स्टिल उद्योगमा परेको उद्योगीहरूको भनाइ छ।

उद्योगीहरूले नेपाल अल्पविकसित मुलुक भएकाले उत्पादन लागत नै उच्च रहेको अवस्थामा यस्तो अतिरिक्त महसुल लगाउनु न्यायोचित नभएको बताएका छन्। उनीहरूका अनुसार ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स’ (BIS) को प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा हुने ढिलाइ र प्रशासनिक अवरोधले पनि निर्यात थप प्रभावित बनेको छ।

विज्ञहरूका अनुसार निर्यातमा आएको यो तीव्र गिरावटले सरकारी राजस्वमा असर पार्नुका साथै स्टिल उद्योगसँग जोडिएका रोजगारीसमेत जोखिममा पारेको छ। भारतले भविष्यमा थप प्रतिबन्ध लगाउन सक्ने संकेत देखिएकाले नेपाली स्टिल उद्योग अझ ठूलो संकटमा पर्न सक्ने अनुमान गरिएको छ।

यसैबीच, उद्योगी तथा व्यवसायीहरूले सरकारले भारतसँग उच्चस्तरीय कूटनीतिक वार्ता गरी नेपाली स्टिल उत्पादनलाई सेफगार्ड ड्युटीबाट छुट दिलाउन वा भारतीय बजारमा सहज पहुँच सुनिश्चित गर्न तत्काल पहल गर्नुपर्ने माग गरेका छन्। उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले समयमै पहल नभए यस क्षेत्रमा भएको लगानी र रोजगारी दुवै गम्भीर संकटमा पर्ने चेतावनी दिएका छन्।

New Office
CG Motors
Garima Development Bank
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.