सोमबार, श्रावण १८,२०८३ 04:48:47
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:48:47
Bizshala
Global IME Bank Limited

नक्कली भुटानी शरणार्थी प्रकरणमा सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
New Office

काठमाण्डौ  । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा जारी सुनुवाइ सकिएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासमा जेठ २७ गतेदेखि निरन्तर सुनुवाइमा राखिएको मुद्दाको बहस सकिएसँगै अदालतले आजै फैसला सुनाउने तयारी गरेको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम असुली गरिएको आरोपसहित दायर यो मुद्दा लामो समयदेखि अदालतमा विचाराधीन थियो। अदालतले प्राथमिकतामा राखेर निरन्तर सुनुवाइ अघि बढाएपछि मुद्दा फैसला चरणमा पुगेको हो।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

प्रतिवादीहरूविरुद्ध लिखत किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधसम्बन्धी कसुरमा अभियोग लगाइएको छ। अभियोगपत्रमा संगठित गिरोहको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा प्रस्तुत गरी विदेश पठाउने आश्वासनमा रकम असुली गरिएको दाबी गरिएको छ।

प्रकरणमा मुख्य बिचौलिया भनिएका केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, सानु भण्डारी, सन्देश शर्मा, टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, राजेश अर्याल, विनिता साउदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धीरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालविरुद्ध पनि सोही कसुरमा मुद्दा चलाइएको छ।

राजनीतिक नेतृत्व, उच्च प्रशासक र बिचौलियासम्म जोडिएको यो मुद्दालाई भ्रष्टाचार र संगठित ठगीसँग जोडिएको सबैभन्दा चर्चित प्रकरणका रूपमा हेरिँदै आएको छ। अब अदालतको फैसलाले आरोपितहरूको कसुर ठहर हुने वा सफाइ पाउने भन्ने टुंगो लगाउनेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.