बुधबार, असार २४,२०८३ 04:04:40
Bizshala
  • बुधबार, असार २४,२०८३ 04:04:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एन्ड्रोइड प्रयोगकर्ताको फ्रि स्टोरेज फूल हुँदै, कल हिस्ट्री र एसएमएस ब्याकअप १५ जीबीमा जोडिने

Laxmi Sunrise Bank Limited
एन्ड्रोइड प्रयोगकर्ताको फ्रि स्टोरेज फूल हुँदै, कल हिस्ट्री र एसएमएस ब्याकअप १५ जीबीमा जोडिने

काठमाण्डौ । यदि तपाई एन्ड्रोइड स्मार्टफोनको प्रयोगकर्ता हुनुहुन्छ र यदि तपाई फोनको ब्याकअप गूगल अकाउन्टमाथि राख्नुहुन्छ भने अकाउन्टको फ्रि १५ जीबी स्टोरेज चाँडैनै फुल हुनसक्छ । गूगलले आफ्नो स्टोरेज पोलिसी परिवर्तन गर्न लागेकाले यो परिवर्तन हुन लागेको हो ।

गूगलको अपडेटेड पोलिसीका अनुसार यदि तपाईको फोनको फोटो–भिडियो मात्रै नभई एसएमएस, कल हिस्ट्री र एप डेटाको ब्याकअप पनि तपाईको यही फ्रि लिमिटमा सेभ हुनेछ । यो निया सबैभन्दा पहिले नयाँ एन्ड्रोइड प्रयोगकर्ताका लागि लागू हुनेछ ।

New Office
CG Motors
Garima Development Bank

वर्तमान प्रयोगकर्ताको अकाउन्टमा आगामी केही महिनामा यसलाई बिस्तारै रोल आउट गरिने छ । यसको अर्थ अब बाई डिफल्ट तपाईको गूगल अकाउन्टको धेरै स्टोरेज प्रयोग हुनेछ । अहिलेसम्म भने गूगलले १५ जीबी क्लाउड स्टोरेजमा केवल गूगल फोटोजमा अपलोग गरिएका फोटो, भिडियो वा एमएमएस डेटामा समावेश फोटो–भिडियो मात्रै मान्दै आएको छ ।

गूगलले आफ्नो स्टोरेज पोलिसीमा बेलाबखत परिवर्तन गर्दै आईरहेको छ । यसअघि कम्पनीले गत मे महिनामा केहि नयाँ अकाउन्टका लागि फोन नम्बर लिंक नगर्ने अवस्थामा डिफल्ट फ्रि स्टोरेज लिमिटलाई १५ जीबीबाट घटाएर ५ जीबी गराउन परीक्षण शुरु गरेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ परिवर्तनका साथ गूगलले प्रयोगकर्तालाई ब्यापअपमा धेरै कन्ट्रोल प्रदान गर्ने फिचर समेत प्रदान गर्नेछ । अहिलेसम्म पाईदै आएको प्रति–एप कन्ट्रोलका साथै प्रयोगकर्तालाई एसएमएस,एमएमएस, कल हिस्ट्री तथा डिभाइस सेटिङका लागि अन–अफ टागल पनि उपलब्ध हुने्छ ।

तथापी यो परिवर्तनबाट फ्रि स्टोरेजको लिमिट समाप्त हुने भय उत्पन्न भएको छ । तर कम्पनीले भने यसको असर कम हुने जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X