शनिबार, कार्तिक ७,२०८३ 01:43:27
  • शनिबार, कार्तिक ७,२०८३ 01:43:27
Global IME Bank Limited

लुम्बिनी प्रदेशको विनियोजन विधेयक बहुमतले पारित

Bizshala
लुम्बिनी प्रदेशको विनियोजन विधेयक बहुमतले पारित
New Office

काठमजाण्डौ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको विनियोजन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेशसभा बैठकले सरकारद्वारा प्रस्तुत उक्त विधेयक बहुमतले पारित गरेको हो।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३८४ को सेवा तथा कार्य सञ्चालनका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सभामुख तुलाराम घर्तीले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको घोषणा गरेका थिए।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। बजेटमध्ये चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

प्रदेश सरकारले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो। बजेटमाथि असार २१ गतेदेखि नियमित छलफल सुरु भएको थियो। चार दिनसम्म चलेको छलफलमा सत्ता पक्ष र प्रतिपक्षका प्रदेशसभा सदस्यहरूले बजेटका विभिन्न पक्षबारे सुझाव तथा धारणा राखेका थिए।

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिएका थिए। त्यसपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी बहुमतबाट पारित गरिएको हो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.