मंगलवार, आश्विन २७,२०८३ 03:00:53
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 03:00:53
Bizshala
Global IME Bank Limited

जेठ १७ को घटनामा संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई अधिकार प्रयोग गर्न सुझाव

Bizshala
जेठ १७ को घटनामा संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई अधिकार प्रयोग गर्न सुझाव
New Office

काठमाण्डौ । प्रतिनिधिसभाको गत १७ जेठमा भएको घटनाबारे जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकालेको छ।

समितिले अमर्यादित तथा उत्तेजक शब्द प्रयोग भएको अवस्थामा प्रतिनिधिसभा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुझाव दिएको छ। त्यस्ता अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनेदेखि आवश्यक परे बैठकबाट निष्कासन गर्नेसम्मका अधिकार सभामुखले कठोरतापूर्वक प्रयोग गर्नुपर्ने समितिको निष्कर्ष छ।

सभामुखको सचिवालयले जारी गरेको प्रेस नोटअनुसार समितिले सांसदहरूले पालना गर्नुपर्ने आचारसंहिता तथा प्रतिनिधिसभा नियमावलीमा उल्लेखित व्यवस्थाको पूर्ण परिपालना गराउनुपर्ने सुझाव दिएको छ। यस विषयलाई सांसद स्वयं, संघीय संसद् सचिवालय तथा सभामुखले गम्भीरतापूर्वक लिनुपर्ने समितिको भनाइ छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

समितिले सांसदहरूलाई अभिमुखीकरण तथा आचारसंहितासम्बन्धी सचेतना अभिवृद्धि गर्न, दलीय नेतृत्व र प्रमुख सचेतकहरूको भूमिकालाई प्रभावकारी बनाउन तथा संसद्को सुरक्षा र प्रविधि व्यवस्थापनमा सुधार गर्न पनि सुझाव दिएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय असल अभ्यासहरूको अनुकरण, आचरण अनुगमन समितिको सक्रियता, संसद् सचिवालयको जनशक्ति तथा प्रविधि सुदृढीकरण, राजनीतिक दलहरूको आन्तरिक अनुशासन र उत्तरदायित्व अभिवृद्धि गर्नुपर्ने सुझाव पनि समितिले दिएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

समितिले नजिर व्यवस्थापन, सिसिटिभी निगरानी तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने र कार्यव्यवस्था परामर्श समितिको सक्रियता तथा प्रशासनिक सहजीकरणलाई थप प्रभावकारी बनाउनुपर्ने उल्लेख गरेको छ।

गत १७ जेठको घटनाबारे छानबिन गर्न गठित समितिमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी संयोजक थिए। समितिमा आन्तरिक स्रोत तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य थिए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X