काठमाण्डौ । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र प्राविधिक नवप्रवर्तन (Tech Innovation) को लहर तीव्र गतिमा अघि बढिरहेको छ। नवप्रवर्तनकारी सोच भएका युवा उद्यमीहरूलाई विश्वव्यापी मञ्चसँग जोड्न र नेपालमा एउटा बलियो स्टार्टअप इकोसिस्टम (Startup Ecosystem) निर्माण गर्न ऐतिहासिक पहल सुरु भएको छ।
यसै सन्दर्भमा, द ब्रिटिश कलेज (TBC) र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच 'स्टार्टअप वर्ल्ड कपनेपाल च्याप्टर २०२६' (Startup World Cup Nepal Chapter 2026) कालागि एक रणनीतिक सम्झौता (MoU) सम्पन्न भएको छ। यस साझेदारीले नेपालको सूचना प्रविधिर डिजिटल उद्यमशीलताको जगलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी सम्झौताअनुसार क्यान महासंघ यस प्रतिष्ठित ग्लोबल प्रतिस्पर्धाको 'स्ट्राटेजिक अर्गनाइजिङ पार्टनर' (Strategic Organizing Partner) को रूपमा रहनेछ। उक्त सम्झौता पत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरे ।
यो सहकार्य केवल एउटा प्रतिस्पर्धा मात्र नभएर नेपालभर छरिएर रहेका नवप्रवर्तनकारी सोचहरूलाई एकीकृत गर्नेर उनीहरूलाई व्यावसायिक रूपमा स्थापित गर्ने महाअभियान जनाइएको छ । देशव्यापी नवप्रवर्तन (Innovation) रप्रादेशिक पहुँच नेपालकोउद्यमशीलता केवल काठमाडौँ उपत्यकामा मात्र सीमित हुनु हुँदैन भन्ने मान्यताका साथ यो साझेदारीले देशव्यापी रणनीति तय गरेको छ | नेपालका विभिन्न प्रदेशहरूमा स्थानीय स्तरका स्टार्टअपहरू पहिचान गर्न विशेष प्रतियोगिताहरू संचालन गरिनेछ। नेपाली उद्यमीहरूलाई उद्योगका अनुभवी नेतृत्वकर्ताहरू, सफल व्यवसायी र प्राविधिक विज्ञहरूसँग जोडिनेछ।नवप्रवर्तनकारी आइडियाहरूलाई पूँजी (Capital) सँग जोड्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूसँग सहजीकरण गरिनेछ।
‘नेपालको भावी आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता मुख्य संवाहक हुन्। क्यान महासंघसँगको यो साझेदारीले नेपाली स्टार्टअपहरूलाई मेन्टरसिप, लगानी र विश्वव्यापी अवसरहरू प्राप्त गर्ने बलियो राष्ट्रिय प्लेटफर्म प्रदान गर्नेछ,’ द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका सीईओ राजन कँडेलले भने ।
क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले भने ‘क्यान महासंघ स्थापनाकालदेखि नै नेपालकोसूचना प्रविधि रनवप्रवर्तनको विकासमा समर्पित छ।द ब्रिटिश कलेजसँगकोसहकार्यले देशव्यापी रूपमा नवप्रवर्तनलाईप्रोत्साहन गर्दै हाम्राप्रविधी उद्यमीहरूलाई अन्तर्राष्ट्रियमञ्चमा आफ्नो क्षमताप्रदर्शन गर्ने ऐतिहासिकअवसर प्रदान गर्नेछ।’
सिलिकन भ्याली र १मिलियन डलरको सुनौलो अवसर
पेगासस टेक भेन्चर्स (Pegasus Tech Ventures) द्वारा विश्वव्यापी रूपमा आयोजनाहुने 'स्टार्टअप वर्ल्डकप' विश्वकै सबैभन्दा ठूला र प्रतिष्ठित स्टार्टअप प्रतिष्पर्धाहरू मध्ये एक हो। यो विश्वका ६० भन्दा बढी देशहरूमा आयोजना हुने गर्दछ।
विजेताले के पाउँछन्?
ग्लोबल एक्सपोजर: नेपाल च्याप्टरको विजेताले अमेरिकाको प्रख्यात प्रविधि केन्द्र सिलिकन भ्याली (Silicon Valley) मा हुने ग्लोबल ग्राण्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन्।
ऐतिहासिक लगानी पुरस्कार: विश्व मञ्चका दिग्गजहरूसँग प्रतिस्पर्धा गर्दै विजेताले १ मिलियन अमेरिकी डलर (करिब १३ करोड रुपैयाँभन्दा बढी) को लगानी पुरस्कार (Investment Prize) जित्ने अवसर पाउनेछन्।

