सोमबार, श्रावण १८,२०८३ 07:12:24
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:12:25
Bizshala
Global IME Bank Limited

गणेश नेपाली प्रकरणमा परिवार प्रहरीमा जाहेरी दिँदै, कानुनी प्रक्रिया अघि बढ्ने

गणेश नेपाली प्रकरणमा परिवार प्रहरीमा जाहेरी दिँदै, कानुनी प्रक्रिया अघि बढ्ने
New Office

 

काठमाण्डौ ।  त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने तयारी गरेको छ।

नेपालीका परिवारका सदस्य जाहेरी दर्ताका लागि प्रहरी वृत्त कालीमाटी पुगेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जाहेरी दर्ता भएपछि कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए।

उनका अनुसार अप्राकृतिक मृत्युका घटनामा जाहेरी दर्तापछि पोस्टमार्टमलगायतका कानुनी प्रक्रिया पूरा गरिन्छ। प्रारम्भिक अनुसन्धानबाट मुद्दा चलाउनुपर्ने अवस्था देखिए सोहीअनुसार अनुसन्धान र कारबाही अगाडि बढाइनेछ।

गणेश नेपालीको परिवार र प्रशासनबीच आइतबार नौबुँदे सहमति भएको थियो। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीद्वारा ह्वील लक लगाइएको विषयमा विवाद भएपछि नेपालीले आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते उनको उपचारका क्रममा भोलिपल्ट वीर अस्पतालमा मृत्यु भएको थियो।

घटनापछि प्रहरीले काठमाडौं महानगर प्रहरीका कर्मचारी र प्रत्यक्षदर्शीहरूलाई बोलाएर सोधपुछ तथा घटना विवरणसम्बन्धी कागज गराएको थियो। आवश्यक सोधपुछपछि उनीहरूलाई छाडिएको प्रहरीले जनाएको छ।

घटनाको सत्यतथ्य छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले घटनाको पृष्ठभूमि, सम्बन्धित पक्षको भूमिका र सम्भावित कमजोरीबारे अनुसन्धान गरी प्रतिवेदन बुझाउनेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.