काठमाण्डौ । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
मंगलबारको बैठक समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने जानकारी गराएका हुन्।
मंगलबार बसेको बैठकमा तीनवटा निकायका वार्षिक प्रतिवेदन पेस गरिएको थियो। बैठकलाई भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सम्बोधन गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।