मंगलवार, आश्विन २७,२०८३ 02:59:58
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 02:59:58
Bizshala
Global IME Bank Limited

प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुँदै, अर्को बैठक साउन १४ गते

आज संवैधानिक आयोगका प्रतिवेदन पेस हुने, अर्थसम्बन्धी विधेयक र आईएलओ महासन्धिमाथि छलफल तथा अनुमोदनको कार्यसूची

Bizshala
प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुँदै, अर्को बैठक साउन १४ गते
New Office

 

काठमाण्डौ ।  प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित हुने भएको छ। बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आजको बैठकपछि अर्को बैठक साउन १४ गते राख्ने सहमति भएको हो।

कार्यव्यवस्था परामर्श समितिका एक सदस्यका अनुसार अर्को बैठकको मितिबारे सभामुखले आजको बैठकको अन्त्यमा औपचारिक जानकारी गराउनेछन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। सोही बैठकका कारण बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि सारिएको हो।

आजको बैठकमा विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। प्रधानमन्त्री बालेन शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन पेस गर्नेछिन्।

यस्तै, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन पनि सदनमा पेस गरिनेछ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धिमाथि छलफल तथा अनुमोदनसमेत गरिनेछ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बाध्यकारी श्रमसम्बन्धी महासन्धि र श्रम निरीक्षणसम्बन्धी महासन्धिमाथि छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्।

उक्त महासन्धिहरू आजै प्रतिनिधिसभाबाट अनुमोदन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X