शुक्रबार, श्रावण १,२०८३ 01:40:55
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:40:55
Bizshala
Global IME Bank Limited

स्वदेशी जुत्ता उद्योगका समस्या र नीतिगत सुधारबारे प्रधानमन्त्रीले व्यवसायीसँग छलफल गर्दै

स्वदेशी जुत्ता उद्योगका समस्या र नीतिगत सुधारबारे प्रधानमन्त्रीले व्यवसायीसँग छलफल गर्दै
New Office

 

काठमाण्डौ ।  प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, बजार विस्तार तथा नीतिगत सुधारका विषयमा जुत्ता उत्पादक संघका पदाधिकारी र प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल आयोजना गरिएको हो।

 

छलफलमा जुत्ता उत्पादक संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणा सहभागी हुनेछन्।

बैठकमा स्वदेशी जुत्ता–चप्पल उद्योगलाई प्रतिस्पर्धी बनाउने, आन्तरिक बजार व्यवस्थापन सुधार गर्ने, आयात प्रतिस्थापन गर्दै आत्मनिर्भरता बढाउने तथा उद्योगीहरूले सामना गरिरहेका समस्या समाधान गर्ने विषयमा छलफल हुने जनाइएको छ।

त्यसैगरी, कच्चा पदार्थको उपलब्धता, उत्पादन लागत, कर तथा भन्सार नीति, नेपाली उत्पादनको ब्रान्डिङ, बजार संरक्षण र सरकारी खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनेलगायत विषयमा समेत संघका प्रतिनिधिले आफ्ना सुझाव राख्ने अपेक्षा गरिएको छ।

छलफलबाट जुत्ता–चप्पल उद्योगको दीर्घकालीन विकास, रोजगारी सिर्जना र स्वदेशी उत्पादनको उपभोग बढाउन आवश्यक नीतिगत कदमबारे ठोस निष्कर्ष निकाल्ने सरकारको तयारी छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.