मंगलवार, आश्विन २७,२०८३ 03:01:14
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 03:01:14
Bizshala
Global IME Bank Limited

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा १७ सांसदका संशोधन

Bizshala
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा १७ सांसदका संशोधन
New Office

 

काठमाण्डौ ।  प्रतिनिधिसभामा दर्ता भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि १७ जना सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन्।

सांसदहरूले विधेयकको प्रस्तावनादेखि विभिन्न दफामा रहेका व्यवस्था परिमार्जन गर्न माग गर्दै संशोधन प्रस्ताव पेस गरेका हुन्। विधेयक हाल प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा दफावार छलफलका क्रममा छ।

विधेयकमाथि सांसदहरू परशुराम तामाङ, गणेशबहादुर विश्वकर्मा, प्रमिलाकुमारी गच्छदार, गणेश पराजुली, नरेन्द्रकुमार केरुङ, सुम्नीमा उदास, सुशील खड्का, अनुश्का श्रेष्ठ र प्रकाशचन्द्र परियारले संशोधन प्रस्ताव दर्ता गरेका छन्।

त्यसैगरी भूमिका लिम्बू सुब्बा, कुलभक्त शाक्य, ऐनबहादुर महर, गणेश कार्की, गुरुप्रसाद बराल, कमल सुवेदी, समीक्षा बास्कोटा र सुलभ खरेलले पनि विभिन्न दफामा संशोधन प्रस्ताव राखेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

नेपाली कम्युनिस्ट पार्टीका सांसद परशुराम तामाङले विधेयकको प्रस्तावनामा रहेको ‘परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका’ भन्ने शब्दावलीको सट्टा ‘पुस्तौँदेखि प्रचलनमा रहेका आदिवासी तथा परम्परागत ज्ञान, सीप तथा अभ्यासजस्ता’ शब्द राख्न प्रस्ताव गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले भने विधेयकको प्रस्तावना नै पूर्ण रूपमा संशोधन गर्नुपर्ने प्रस्ताव राखेका छन्।

उनले नेपालमा बसोबास गर्ने व्यक्ति, समूह वा समुदायले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण, प्रवर्धन र पुस्तान्तरण गर्नुपर्ने विषय प्रस्तावनामा समेट्न माग गरेका छन्।

त्यससँगै समुदायको अग्राधिकार, सांस्कृतिक विविधताको सम्मान, सामाजिक सद्भाव, समावेशी राष्ट्रिय एकता तथा भावी पुस्ताको हित सुनिश्चित गर्ने उद्देश्यसमेत प्रस्तावनामा उल्लेख गर्नुपर्ने उनको प्रस्ताव छ।

रास्वपाका सांसद कमल सुवेदीले नेपालमा बसोबास गर्ने थारू, आदिवासी जनजातिलगायत विभिन्न जाति, क्षेत्र र समुदायले विकास गरेका अभौतिक सांस्कृतिक सम्पदालाई युनेस्कोको विश्वव्यापी मान्यताका आधारमा पहिचान, संरक्षण, पुनर्जीवीकरण र भविष्यमुखी प्रवर्धन गर्ने विषय प्रस्तावनामा समेट्न माग गरेका छन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

रास्वपाकै सांसद सुलभ खरेलले नेपालभित्र मात्र नभई विदेशमा बसोबास गर्ने नेपाली व्यक्ति, समूह तथा समुदायले अभ्यास र पुस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवर्धनसमेत विधेयकको उद्देश्यमा समेटिनुपर्ने प्रस्ताव राखेका छन्।

नेकपाका सांसद गणेशबहादुर विश्वकर्माले भने विधेयकमा प्रयोग भएको ‘अभौतिक’ शब्दको सट्टा ‘मौलिक’ शब्द राख्नुपर्ने प्रस्ताव गरेका छन्।

गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिनिधिसभाले उक्त प्रस्ताव स्वीकृत गर्दै विधेयकलाई दफावार छलफलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पठाएको थियो।

अब संसदीय समितिले मूल विधेयक र सांसदहरूले दर्ता गरेका संशोधन प्रस्तावलाई एकै ठाउँमा राखेर दफावार छलफल गर्नेछ। समितिबाट पारित भएपछि विधेयक पुनः प्रतिनिधिसभामा पेस हुनेछ।

प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रिय सभामा पठाइनेछ। दुवै सदनबाट पारित भएपछि राष्ट्रिय सभाका अध्यक्षमार्फत विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक ऐनका रूपमा लागू हुनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X