आईतवार, आश्विन २५,२०८३ 03:46:32
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 03:46:32
Bizshala
Global IME Bank Limited

पुँजी बजारको निराशा चिर्न खोज्दै प्रधानमन्त्री, आज लगानीकर्तासँग विशेष छलफल

Bizshala
पुँजी बजारको निराशा चिर्न खोज्दै प्रधानमन्त्री, आज लगानीकर्तासँग विशेष छलफल
New Office

 

काठमाण्डौ ।   प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले पुँजी बजारको वर्तमान अवस्था, लगानीकर्तामा देखिएको निराशा र सुधारका सम्भावित उपायबारे छलफल गर्न सरोकारवालाहरूको विशेष बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार मध्याह्न १२ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

पछिल्लो समय सेयर बजारमा लगातार गिरावट आउँदा लगानीकर्ताको मनोबल कमजोर बनेको छ। करिब ३८० अंकको गिरावटसँगै बजार पुँजीकरण करिब ६ खर्ब रुपैयाँले घटेपछि उत्पन्न निराशालाई सम्बोधन गर्न प्रधानमन्त्रीले नियामक निकाय, बजारका प्रतिनिधि र विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्।

बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान तथा नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया सहभागी हुने कार्यक्रम छ।

त्यस्तै, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, ब्रोकर सञ्चालक प्रियराज रेग्मी र लगानीकर्ता अम्बिकाप्रसाद पौडेल पनि बैठकमा सहभागी हुने बताइएको छ।

CG Motors
Muktinath Bikas Bank Limited

बैठकमा पुँजी बजारको वर्तमान अवस्थाको समीक्षा गर्दै धितोपत्र कारोबारलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउन आवश्यक नीतिगत तथा संरचनागत सुधारबारे छलफल हुनेछ।

सहभागीहरूले बजारमा देखिएका समस्या, नियामकीय कमजोरी, लगानीकर्ताको मनोबल बढाउने उपाय तथा सरकारको सम्भावित भूमिकाबारे प्रधानमन्त्रीलाई सुझाव दिनेछन्।

बैठकमा बीमा क्षेत्रको सुदृढीकरण र राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा समेत छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.