बुधबार, श्रावण २७,२०८३ 08:02:40
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 08:02:40
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री र मन्त्रीहरू जनता र पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले

Prabhu Bank Limited
प्रधानमन्त्री र मन्त्रीहरू जनता र पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले
New Office

 

 काठमाण्डौ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्म नेपाली जनता, सम्बन्धित राजनीतिक दल र पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्ने बताएका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाबारे मंगलबार सबै मन्त्रालयका सचिवहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले राज्य सञ्चालनमा जवाफदेहिता, पारदर्शिता र सुशासन अनिवार्य रहेको बताएका हुन्।

उनले प्रधानमन्त्री र मन्त्रीहरू जनताबाट मात्र नभई आफू आबद्ध राजनीतिक दल र नेतृत्वबाट समेत जवाफदेही बनाइने स्पष्ट पारे।

“प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्म हामी सबै नेपाली जनता, आफ्नो पार्टी र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी छौँ,” वाग्लेले भने।

सरकार सुशासन, इमानदारी र भ्रष्टाचार नियन्त्रणका विषयमा कडा रूपमा प्रस्तुत हुने उनको भनाइ थियो। भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै पुराना विकृति र विसंगति हटाउँदै जाने उनले बताए।

अर्थमन्त्री वाग्लेले कर्मचारीतन्त्रलाई परिणाममुखी बनाउन आवश्यक प्रोत्साहनको व्यवस्थासमेत गरिने उल्लेख गरे। कर्मचारीको क्षमता र कार्यसम्पादनका आधारमा प्रोत्साहन गर्दै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाइने उनको भनाइ थियो।

सरकारले पारदर्शिता, जवाफदेहिता र अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने भन्दै उनले बजेट कार्यान्वयनमा सबै मन्त्रालय र कर्मचारी संयन्त्र जिम्मेवार हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.