सोमबार, भाद्र ८,२०८३ 09:13:47
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 09:13:47
Bizshala
Global IME Bank Limited

नयाँ सवारीसाधन खरिदका लागि कुन बैंकले कति दिन्छन् अटो लोन ?

नयाँ सवारीसाधन खरिदका लागि कुन बैंकले कति दिन्छन् अटो लोन ?
New Office

–रविन ठकुरी

 

 

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले नयाँ सवारीसाधन खरिद गर्नका लागि अटो लोन र हायर पर्चेज कर्जा प्रवाह गर्दै आएका छन् । उनीहरुले यस्ता प्रकृतिको कर्जा प्रवाहका लागि विभिन्न स्किम (अफर) ल्याएका हुन् ।

उनीहरुले नयाँ इभी र इन्धन गाडी खरिदका लागि ६० प्रतिशतसम्मको फाइनान्सिङ्ग सुविधा उपलब्ध गराइरहेका छन् । एनआइसी एशिया बैंकले ७.९९ प्रतिशत व्याजदरमा अधिकतम १० वर्षका लागि २ करोड रुपैयाँसम्मको अटो लोन उपलब्ध गराइरहेको छ ।

नविल बैंक, नेपाल बैंक, सिद्धार्थ, हिमालयन, नेपाल एसबिआई, सनराइज, सानिमा र कुमारी बैंकले ५० देखि ८० प्रतिशतसम्मको बैंक फाइनान्सिङ्ग उपलब्ध गराएको हो । उनीहरुले ५ देखि १० वर्षसम्मको कर्जा भुक्तानी अवधि दिएका छन् ।

सहुलियत व्याजदरमा नयाँ निजी तथा कमर्सियल सवारीसाधन खरिदका लागि अटो लोन सुविधा उपलब्ध गराइरहेका हुन् ।

एनआइसी एशिया बैंकको अटो लोनः ७.९९ प्रतिशत ब्याजदरमा १० वर्षसम्म कर्जा

एनआइसी एशिया बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहनेलाई ८० प्रतिशतसम्मको कर्जा प्रवाह गरिरहेको छ । यसका लागि बैंकले ७.९९ प्रतिशतको फिक्सड व्याजदरमा अधिकतम १० वर्ष अवधिका लागि कर्जा प्रवाह गरिरहेको छ ।

अटो लोन अन्तर्गत टर्म लोनका लागि कर्जा लिने व्यक्तिको उमेर न्युनतम २१ वर्षको हुनुपर्दछ । उसको उमेर कर्जा म्याचुरिटी हुने समयसम्म अधिकतम ७० वर्षभन्दा माथि हुनु हुँदैन । यस्तो प्रकृतिको कर्जा ५ लाखदेखि २ करोड रुपैयाँसम्म लिन पाइन्छ । कर्जा भुक्तानीको अवधि १० वर्षको हुन्छ ।

पेट्रोल र डिजेल गाडीको लागि ६० प्रतिशतसम्म फाइनान्सिङ्गको व्यवस्था छ । विद्युतीय सवारीसाधन (इभी) को लागि पनि ६० प्रतिशतसम्मको फाइनान्सिङ्गको व्यवस्था गरेको छ । यो कर्जा निजी प्रयोजनको सवारीसाधनको हकमा लागू हुन्छ ।

हरियो प्लेट (पर्यटक बोक्ने सवारीसाधन) का लागि अटो लोन अन्तर्गतको टर्म लोनमा अधिकतम ४ लाखदेखि २ करोड रुपैयाँसम्मको कर्जा पाइन्छ । कर्जा भुक्तानी अवधि अधिकतम ७ वर्षको रहनेछ । बैंकबाट हरियो प्लेटको इभीका लागि ६० प्रतिशतसम्मको बैंक फाइनान्सिङ्ग पाइन्छ ।

इभीबाहेक अरुको हकमा ८० प्रतिशतसम्मको बैंक फाइनान्सिङ्गको सुविधा पाइन्छ । कमर्सियल (सार्वजनिक) यातायातको हकमा न्युनतम ४ लाखदेखि ३ करोड रुपैयाँसम्मको कर्जा पाइन्छ । कर्जा लिने व्यक्तिको उमेर कर्जा म्याचुरिटी हुने समयसम्म न्युनतम २१ वर्षदेखि अधिकतम ६५ वर्षसम्मको हुनु पर्दछ ।

ट्याक्सीका लागि अधिकतम ७ वर्ष र न्युनतम ५ वर्षका लागि बैंक फाइनान्सिङ्गको सुविधा दिएको छ । इभीको लागि ६० प्रतिशतसम्म र इभीबाहेक अन्यका लागि ५० प्रतिशतसम्मको बैंक फाइनान्सिङ्गको सुविधा दिएको छ ।

Bizshala
CG Motors

इभीदेखि निजी गाडीसम्मः नविल बैंकले ल्यायो ८० लाखसम्मको सवारी कर्जा

नविल बैंकले निजी प्रयोजनको नयाँ गाडी खरिदका लागि ८० लाख रुपैयाँसम्मको कर्जा प्रवाह गरिरहेको छ । यसको भुक्तानी अवधि अधिकतम ७ वर्षको हुन्छ । यसका लागि ६० प्रतिशतसम्मको बैंक फाइनान्सिङ्ग उपलब्ध छ ।

इन्धन प्रयोग गर्ने नयाँ कमर्सियल (सार्वजनिक) सवारीसाधनका लागि अधिकतम ७० प्रतिशतसम्म र न्युनतम ५० प्रतिशतसम्मको बैंक फाइनान्सिङ्ग उपलब्ध छ । प्रयोग भएका पुराना निजी र कमर्सियलका लागि अधिकतम ८० लाख रुपैयाँसम्मको कर्जा प्रवाह गरिन्छ । कर्जा भुक्तानी अवधि ६ वर्षको रहनेछ ।

तर सवारीसाधनको उमेर लोन म्याचुरिटी हुने समयसम्म ७ वर्ष माथि जानु हुँदैन । सवारीसाधनको मूल्यको ५० प्रतिशतसम्म बैंक फाइनान्सिङ्ग सुविधा उपलब्ध रहेको छ । इभीका लागि ८० लाख रुपैयाँसम्मको कर्जा पाइन्छ । कर्जा भुक्तानी अवधि ७ वर्षको रहने छ ।

यसमा ६० प्रतिशतसम्मको बैंक फाइनान्सिङ्ग सुविधा उपलब्ध छ । कमर्सियल (सार्वजनिक) इभीका लागि ६० प्रतिशतसम्मको फाइनान्सिङ्ग सुविधा उपलब्ध छ । कर्जा भुक्तानी अवधि ६ वर्षको रहनेछ ।

ग्लोबल बैंकले इभी र इन्धन गाडीमा ६०५ सम्म फाइनान्सिङ्ग, ब्याजदर ५.९९ प्रतिशतदेखि

ग्लोबल आइएमई बैंकले निजी इन्धन र इभी गाडीका लागि ६० प्रतिशतसम्मको बैंक फाइनान्सिङ्ग उपलब्ध गराएको छ । कर्जा भुक्तानी अवधि अधिकतम ७ वर्षको रहेको छ । इभी हाइब्रिडको लागि अटो लोन स्किम अन्तर्गत कर्जा भुक्तानी अवधि अधिकतम ३ वर्षको रहेको छ ।

यसमा इलाइटका लागि ५.९९ देखि ७.९९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध छ । अल्टिमेटका लागि ६.२४ देखि ७.९९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध छ । प्राइमका लागि ६.४९ देखि ७.९९ प्रतिशतको व्याजदरमा कर्जा उपलब्ध छ ।

अधिकतम ५ वर्ष भुक्तानी अवधिको इभीको लागि इलाइट अन्तर्गत ६.९९ देखि ८.९९ प्रतिशतको व्याजदर उपलब्ध छ । अल्टिमेट अन्तर्गत ७.२४ देखि ८.९९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध छ । प्राइम अन्तर्गत ७.४९ देखि ८.९९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध छ ।

अधिकतम ७ वर्ष कर्जा भुक्तानीको इलाइट अन्तर्गत ७.२४ देखि ८.९९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध छ । अल्टिमेट अन्तर्गत ७.४९ देखि ८.९९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध रहेको छ । यसैको प्राइम अन्तर्गत ७.७४ देखि ८.९९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध रहेको छ ।

इन्धन गाडी अन्तर्गत ५ वर्षको कर्जा भुक्तानी अवधिका लागि इलाइटमा ७.४९ देखि ९.४९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध छ । अल्टिमेट अन्तर्गत ७.७४ देखि ९.४९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध रहेको छ । यसैको प्राइम अन्तर्गत ७.९९ देखि ९.४९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध रहेको छ ।

यसैको ७ वर्ष कर्जा भुक्तानी अन्तर्गतको इलाइटमा ७.७४ देखि ९.४९ प्रतिशत व्याजदरमा कर्जा पाइन्छ । अल्टिमेट अन्तर्गत ७.९९ देखि ९.४० प्रतिशत व्याजदरमा कर्जा उपलब्ध रहेको छ । यसैको प्राइम अन्तर्गत ८.२४ देखि ९.४९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध रहेको छ ।                      

एनआईएमबी बैंकः २.५ करोडसम्मको अटो लोन, १० वर्षसम्म भुक्तानी अवधि

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नयाँ सवारीसाधन खरिदका लागि सहुलियत ब्याजमा अटो लोन र हायर पर्चेज कर्जा प्रवाह गरिरहेको छ । बैंकले १० लाखदेखि ५० लाख रुपैयाँसम्मको गाडी खरिदका लागि ५ वर्ष अवधिको अटो लोन र हायर पर्चेज कर्जा प्रवाह गरिरहेको छ ।

५० लाखदेखि १ करोड रुपैयाँसम्म मूल्य पर्ने गाडी खरिद गर्नका लागि ७ वर्ष अवधिको कर्जा प्रवाह गरिरहेको छ । १ करोड रुपैयाँभन्दा माथिको गाडी खरिद गर्नका लागि १० वर्ष अवधिको लागि कर्जा प्रवाह गरिरहेको छ । अर्थात नयाँ सवारीसाधन खरिदका लागि न्युनतम ५ वर्ष र अधिकतम १० वर्षका लागि कर्जा प्रवाह गरिन्छ ।

प्रयोग भइसकेका सेकेन्ड ह्याण्ड गाडी खरिदका लागि अधिकतम ५ वर्षका लागि कर्जा प्रवाह गरिन्छ । तर कर्जा म्याचुरिटी हुने समयसम्म सवारीसाधनको आयु १० वर्षभन्दा माथि हुनु हुँदैन ।

बैंकबाट न्युनतम १० लाख र अधिकतम २ करोड ५० लाख रुपैयाँसम्मको अटो लोन पाइन्छ । साथै, न्युनतम १ करोड र अधिकतम २ करोड रुपैयाँसम्मको हायर पर्चेज कर्जा पाइन्छ ।

नयाँ गाडी खरिदमा नेपाल बैंकदेखि सिद्धार्थ बैंकसम्मको अटो लोन सुविधा

नेपाल बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिदका लागि अटो लोनको सुविधा दिँदै आएको छ । उनीहरुले नयाँ निजी सवारीसाधन खरिदका लागि ६० प्रतिशत फाइनान्सिङ्गको सुविधा दिएको छ । कर्जा भुक्तानी अवधि २ देखि ७ वर्षको रहेको छ ।

त्यसैगरि, कृषि विकास बैंक लिमिटेडले अटो लोनमा ६० प्रतिशतसम्मको फाइनान्सिङ्ग सुविधा दिएको छ । कर्जा भुक्तानी अवधि अधिकतम ७ वर्षको रहेको छ ।

एभरेष्ट बैंक लिमिटेडले निजी प्रयोजनको इन्धन र इभी गाडीको खरिदका लागि ६० प्रतिशतसम्मको बैंक फाइनान्सिङ्ग उपलब्ध गराइरहेको छ । कर्जा भुक्तानी अवधि अधिकतम ७ वर्षको रहेको छ ।

सिद्धार्थ बैंकले नयाँ सवारीसाधन खरिदका लागि ६० प्रतिशतसम्मको फाइनान्सिङ्ग सुविधा उपलब्ध गराइरहेको छ । कर्जा भुक्तानी अवधि ७ वर्षको रहेको छ ।

अटो लोनमा प्रतिस्पर्धाः हिमालयन, नेपाल एसबिआई र लक्ष्मी सनराइजका योजना

हिमालयन बैंकले निजी प्रयोजनका लागि अटो लोनमा ६.७५ प्रतिशत व्याजदरमा हायर पर्चेज कर्जा प्रवाह गरिरहेको छ । कर्जा भुक्तानी अवधि ७ वर्षको रहेको छ ।

नेपाल एसबिआई बैंकको हायर पर्चेज कर्जा स्किम अन्तर्गत गाडीको मूल्यको ७० प्रतिशतसम्म बैंक फाइनान्सिङ्ग उपलब्ध गराइरहेको छ । कर्जा भुक्तानी अवधि ७ वर्षको रहेको छ । यो स्किम निजी, कमर्सियल, विजनेस प्रयोजनका सवारीसाधनको लागि हो ।

लक्ष्मी सनराइज बैंकले नयाँ सवारीसाधन खरिदका लागि ६० प्रतिशतसम्म बैंक फाइनान्सिङ्ग उपलब्ध गराइरहेको छ । बैंकले १ करोड रुपैयाँसम्मको कर्जा उपलब्ध गराइरहेको छ । कर्जा भुक्तानी अवधि ७ वर्षको रहने छ ।

लक्ष्मी सनराइज बैंकले प्रयोग भएका पुरानो गाडीका लागि ५० प्रतिशतसम्मको बैंक फाइनान्सिङ्ग उपलब्ध गराइरहेको छ । बैंकले ४० लाख रुपैयाँसम्मको अधिकतम कर्जा उपलब्ध गराइरहेको छ । कर्जा भुक्तानी अवधि ५ वर्षको रहेको छ ।

इभी खरिदमा बैंकहरूको प्रतिस्पर्धाः सानिमाको ७५ लाख लोन, कुमारीको ६० % फाइनान्सिङ्ग

सानिमा बैंकले नयाँ इभी खरिदका लागि अधिकतम ७५ लाख रुपैयाँसम्मको अटो लोन प्रवाह गरिरहेको छ । नयाँ सवारीसाधनका लागि कर्जा भुक्तानी अवधि अधिकतम १० वर्षको रहेको छ ।

प्रयोग भएका पुरानो इन्धन सवारीसाधनका लागि अधिकतम कर्जा भुक्तानी अवधि ५ वर्षको रहेको छ भने इभीको लागि ७ वर्षको रहेको छ ।

कुमारी बैंकले इभी र इन्धन गाडी खरिदका लागि ६० प्रतिशतसम्मको बैंक फाइनान्सिङ्ग उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.