काठमाण्डौ । सिरहाका गणेश यादवको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गरी घटनाको वास्तविकता सार्वजनिक गर्न गृह मन्त्रालयले पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
गृहमन्त्री सुदन गुरुङ काठमाण्डौ फर्किएलगत्तै मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा समिति गठन गरिएको हो। घटनाप्रति बढ्दो चासोका बीच सरकारले औपचारिक रूपमा छानबिन प्रक्रिया अघि बढाएको हो।
समितिको सदस्य सचिवको जिम्मेवारी गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्यालले सम्हाल्ने छन्। समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक ९एसपी० तथा विधि विज्ञान प्रयोगशालाका प्रहरी नायब उपरीक्षक सदस्यका रूपमा रहेका छन्।

