आईतवार, आश्विन २५,२०८३ 03:44:47
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 03:44:47
Bizshala
Global IME Bank Limited

चिनियाँ राजदूतसँग प्रधानमन्त्री शाहको भेट, नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउनेमा जोड

Bizshala
चिनियाँ राजदूतसँग प्रधानमन्त्री शाहको भेट, नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउनेमा जोड
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले यस्तो धारणा राखेका हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपाल–चीनबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने तथा विकास साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री शाहले दुई मुलुकबीच लामो समयदेखि कायम रहेको सम्बन्धलाई बदलिँदो समयअनुसार थप उचाइमा पुर्‍याउनुपर्ने उल्लेख गर्दै आर्थिक विकास, पूर्वाधार, व्यापार तथा अन्य साझा चासोका क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

CG Motors
Muktinath Bikas Bank Limited

भेटका क्रममा चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै नेपाल र चीनबीचको आपसी सम्बन्ध तथा विकास सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्रीको सचिवालयले भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र दुई देशबीचको मित्रता तथा सहकार्यलाई थप विस्तार गर्ने विषयमा दुवै पक्ष सकारात्मक रहेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.