काठमाण्डौ । केही समयअघि मात्रै आईपीओ निष्कासन गरेको कालंगा हाईड्रो लिमिटेडले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको वित्तीय अवस्थामा सुधार आएको छ ।
कम्पनीले आम्दानी बढाउँदै र वित्त खर्च घटाउँदै घाटामा रहेको अवस्था उल्टाउँदै नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १ करोड ३४ लाख रुपैयाँ खुद घाटामा रहेको कम्पनीले समीक्षा अवधिसम्म भने ५ करोड २४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।
यस्तै कम्पनीले विद्युत बिक्री आम्दानी ५० करोड ७७ लाखबाट बढेर ५१ करोड २० लाख पुगेको छ ।
यस अवधिमा कम्पनीको वित्त खर्च ३१ करोड २४ लाखबाट घटेर २१ करोड ९८ लाखमा सीमित बनेको छ ।
१ अर्ब ४० करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिजर्भ कोषमा २ करोड ५९ लाख रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०१.८५ रुपैयाँ र तरलता अनुपात २.७४ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।