बिहीबार, आश्विन २२,२०८३ 11:35:10
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 11:35:10
Bizshala
Global IME Bank Limited

बहुप्रतिक्षित नयाँ टाटा पन्च ईभी नेपालभर एकैपटक सार्वजनिक,११ वर्षको विशेष वारेन्टी

Bizshala
बहुप्रतिक्षित नयाँ टाटा पन्च ईभी नेपालभर एकैपटक सार्वजनिक,११ वर्षको विशेष वारेन्टी
New Office

काठमाण्डौ । नेपालमा लामो समयदेखि बहुप्रतिक्षित मानिएको टाटाको नयाँ ‘पन्च.ईभी काठमाण्डौमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा लन्च भएसँगै देशैभरका आधिकारिक शोरुमहरूबाट एकैपटक भव्यताका साथ सार्वजनिक गरिएको छ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको यस विद्युतीय कम्प्याक्ट एसयूभीलाई नेपालभरका शोरुमहरूबाट एकसाथ सार्वजनिक गरिएको जनाएको छ।

नयाँ पन्च ईभी पूर्वका बिर्तामोडस्थित अलास्का अटोमोबाइल्स प्रालि, विराटनगर र इटहरीका गोयल अटो प्रालि, मधेस प्रदेशका गिरिजा अटोमोबाइल्स प्रालि र राज अटो प्रालि, पोखराको दीप मोटर्स, नारायणगढको सफल मोटर्स, भैरहवाको अम्बु मार्केटिङ, बुटवलको सफल अटो इन्टरनेसनल, नेपालगञ्जको रुद्रप्रिया इन्टरनेसनल तथा धनगढीको गार्स ट्रेडिङ कन्सर्नबाट एकैसाथ सार्वजनिक भएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जङ्ग सिजापतिका अनुसार ‘द अल न्यु टाटा पन्च ईभीप्रति नेपालमा देखिएको उत्साह यसको बुकिङमा पनि स्पष्ट रूपमा देखिएको छ। टाटा मोटर्सले विगतदेखि नै नेपाली ग्राहकहरूको आवश्यकता र चाहनाअनुसारका उत्पादनहरू ल्याउँदै आएको छ र यो न्यु पन्च ईभीको सकारात्मक सुरुवात देखेर हामी यसमा सफल भएको महसुस गरिरहेका छौँ। यसको सुरुवाती प्रतिक्रिया र बुकिङले हामीलाई निकै उत्साहित बनाएको छ’ उनले बुकिङ भएका ३२.९९ लाखका सुरुवाती मोडलसहितका सबै गाडीहरू केही दिनभित्रै ग्राहकहरूलाई डेलिभरी दिइने प्रतिबद्धता व्यक्त गरे।

नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले भने विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्। साथै एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.