बिहीबार, श्रावण २८,२०८३ 07:14:13
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 07:14:13
Bizshala
Global IME Bank Limited

नाइमा मोविलिटी एक्स्पोमा ईभीको दबदबा, चार ब्राण्डका १५५ भन्दा बढी गाडी बुकिङ

Prabhu Bank Limited
नाइमा मोविलिटी एक्स्पोमा ईभीको दबदबा, चार ब्राण्डका १५५ भन्दा बढी गाडी बुकिङ
New Office

–रविन ठकुरी

 

काठमाण्डौ । ‘नाइमा’ ले आयोजना गरेको दोस्रो संस्करणको ‘नाइमा मोविलिटी एक्स्पो–२०२६’ काठमाण्डौको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । एक्स्पो यही साउनको ३१ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा विभिन्न इन्धन गाडी र विद्युतीय सवारीसाधन प्रद्धर्शनी भइरहेका छन् ।

हाल विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको मूल्यबृद्धिका कारण इन्धन सवारीसाधनको प्रयोगकर्ता धमाधम ईभीमा कन्भर्जन भइरहेका छन् । यो अवस्थामा ‘नाइमा’ को एक्स्पो राखिएका ईभीप्रति आन्तुकले रुचि देखाइरहेका छन् । अवलोकनकर्ताले आफुले रुचाएको ईभी गाडी धमाधम बुकिङ्ग गरिरहेका छन् । एक्स्पोको अन्तिम दिनसम्म बुकिङ्गको संख्या अझै बढ्ने अनुमान छ ।

एक्स्पोमा हुण्डाई क्रेटा ईभीको आकर्षण, २० वटा गाडी बुकिङ

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो । ‘नाइमा’ ले आयोजना गरेको एक्स्पोमा हुण्डाईले क्रेटा इलेक्ट्रिक एक्जुकियटिभ टेक प्रद्धर्शनीमा राखेको छ । क्रेटा ईभीप्रति आगन्तुकले रुचि देखाएका छन् ।

‘एक्स्पोको पहिलो दिनदेखि आजसम्म २० वटा क्रेटाको ईभी बुकिङ्ग भइसकेका छन् । यो ईभी ‘भ्यालू फर मनि’ भएकाले आगन्तुकले बढी रुचि देखाएका हुन् ।’, हुण्डाईका सेल्स कन्सल्टेन्ट प्रसिद्ध केसीले भने ।

‘एक्स्पोका लागि एक वर्षको अटो प्लस इन्स्योरेन्स दिएका छौं । १ लाख ४० हजार रुपैयाँको क्यास डिस्काउन्ट अफर ग्राहकलाई दिइरहेका छौं । यसले हुण्डाईको ईभी गाडीप्रति आकर्षण बढाएको हो’, उनले भने ।

‘हुण्डाईको क्रेटा ईभीमा शून्य समस्या छ । यसको ब्याट्री एक पटक चार्ज गरेपछि ३५० किलोमिटर चल्छ । गाडीमा कुनै समसस्या नभएसँगे यसको रेन्ज पनि राम्रो भएकाले यसमा आकर्षण बढ्दो छ’, उनले भने ।

हुण्डाईको क्रेटा ईभी एक्जुकियटिभ टेकको बजार मूल्य ६० लाख ९६ हजार रुपैयाँ रहेको छ ।

एमजीका सस्ता ईभीको आकर्षण, २५ वटा कमेट र विन्डसर बुकिङ्ग

नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा।लि। हो । पारामाउन्टले नाइमा एक्स्पोमा सस्तो मूल्यका दुई ईभी प्रद्धर्शनीमा राखेको छ । एमजीले सस्तो मूल्यको विद्युतीय सवारीसाधन अन्तर्गत कमेट ईभी र विन्डसर ईभी राखेको हो ।

‘हालसम्म एक्स्पोमा २५ वटा कमेट र विन्डसर ईभी बुकिङ्ग भएका छन् । ‘एमजी’ को ब्राण्ड भ्यालूका कारण बुकिङ्गको यो अवस्था आएको हो’, एमजीका सेल्स प्रतिनिधि सोभिग्या ढकालले भने ।

‘कमेट ईभी शहरका लागि उपयुक्त छ । विन्डसर ईभी फेमिलि र कमर्फटका लागि वेस्ट छ । कमेट र विन्डसरको यस विशेषताले गर्दा बुकिङ्गको यस्तो परिणाम आएको हो’, उनले भने ।

कमेट ईभी (एक्जुकियुटिभ) को बजार मूल्य १८ लाख ७५ हजार रुपैयाँ रहेको छ । कमेट ईभी (एक्साइट) को मूल्य २१ लाख ५० हजार रुपैयाँ रहेको छ ।

विन्डसर ईभी (कम्युट( को ३५ लाख ९९ हजार, (एक्साइट) को ४१ लाख ४९ हजार, ९एक्सकुलिसिभ० को ४४ लाख २५ हजार र (एसेन्स) को ४६ लाख ९९ हजार रुपैयाँ बजार मूल्य रहेको छ ।

जेकु र ओमोडाका ४० गाडी बुकिङ, क्यास डिस्काउन्टले बढायो आकर्षण

नेपालका लागि जेकु र ओमोडा गाडीको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रा।लि। हो । नाइमा एक्स्पोमा एसपिजी अटोमोबाइल्सले ईभी अन्तर्गत जेकुको जे–६ टी, जे–५ प्रो प्रद्धर्शनीमा राखेको छ । त्यसैगरि ओमोडाको इ–५ र इ–५ प्रो एस्क्पो प्रद्धर्शनी गरिएको छ ।

‘अहिलेसम्म एक्स्पोमा जेकु र ओमोडाको ४० गाडी बुकिङ्ग भइसकेका छन् । यो मूल्यको गाडीमा जेकु र ओमोडालाई उत्कृष्ट मानिएको छ । यसले गर्दा यी गाडीमा आगन्तुकले रुचि देखाएका हुन् । ओमोडा र जेकुको स्टलमा दैनिक १ सय ५० भन्दा बढी आगन्तुक अवलोकन गर्न आइरहेका छन् ।’, जेकु र ओमोडाकी सेल्स अफिसर आफरिन पारविनले भनिन् ।

‘एक्स्पोमा जेकुको जे–६ टी गाडीमा १ लाख, जे–५ गाडीमा २ लाख र जे–५ प्रो गाडीमा १ लाख ६० हजार रुपैयाँ क्यास डिस्काउन्ट दिएका छौं । ओमोडाको इ–५ गाडीमा २ लाख र इ–५ प्रो गाडीमा १ लाख ६० हजार रुपैयाँ क्यास डिस्काउन्ट दिइरहेका छौं । जेकु र ओमोडामा दिएको क्यास डिस्काउन्टले गर्दा यी गाडीप्रति ग्राहकको आकर्षण बढ्दो छ’, उनले भनिन् ।

जेकु जे–५ को बजार मूल्य ५६ लाख ९९ हजार र जेकु जे–६ टी को ६९ लाख ९९ हजार रुपैयाँ रहेको छ । ओमोडाको इ–५ प्रो मोनो टोन गाडीको बजार मूल्य ५१ लाख ५९ हजार र इ–५ प्रो डियुल टोनको बजार मूल्य ५१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

 

लिपमोटरका ईभीको आकर्षण, बीओ–३ एक्सको ७० युनिट बुकिङ्ग

नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालि हो । नाइमा एक्स्पोमा सांग्रिला मोटर्सले लिपमोटरका विओ–३ एक्स, वि–१० र टिओ–३ प्रद्धर्शनीमा राखेको छ । लिपमोटरले राखेका यी सबै सवारीसाधन ईभी गाडी हुन् ।

‘पहिलो दिनदेखि आजसम्म ७० वटा विओ–३ गाडी र १२ देखि १३ वटा वि–१० गाडी बुकिङ्ग भएका छन् । आजसम्म टिओ–३ गाडी बुकिङ्ग भएका छैनन् । लिपमोटरको स्टलमा दैनिक सय जना आगन्तुक गाडी अवलोकलन गर्न आइरहेका छन्’, लिपमोटरका सेल्स आदित्य श्रेष्ठले भने ।

‘लिपमोटरको गाडीको रेन्ज, सुरक्षा, प्रिमियम इन्टिरियर, बुट स्पेस लगायतका सुविधाले आकर्षण बढाएको हो । गाडीमा २ लाख रुपैयाँको क्यास डिस्काउन्ट दिएका छौं । ७ किलोवाट र २.२ किलोवाटको दुई चार्जर पनि निःशुल्क दिइरहेका छौं । यसले पनि थप आकर्षण बढाएको हो’, उनले भने ।

‘फ्लोर म्याट निःशुल्क दिएका छौं । एक वर्षको इन्स्योरेन्स र रोड ट्याक्स निःशुल्क गरेका छौं । गाडीमा भएका यस्ता अफरले लिपमोटरप्रति आगन्तुकको ध्यान तानिरहेको छ’, उनले भने ।

लिपमोटर विओ–३ एक्सको बजार मूल्य ४५ लाख, विओ–१० को ५५ लाख र टिओ–३ को ३२ लाख रुपैयाँ रहेको छ । एक पटक चार्ज गर्दा विओ–३ एक्स ४ सय किलोमिटर, वि–१० ४ सय ३४ किलोमिटर र टिओ–३ ३ सय ६५ किलोमिटरको रेन्ज दिने गर्दछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.