शुक्रबार, असार १२,२०८३ 05:00:22
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:00:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता

Laxmi Sunrise Bank Limited
नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धी सहमति यहि वैशाख २० गते बीरगंजमा भएको हो। सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र मंगलम डायग्नोष्टिक सेन्टरको तर्फबाट अध्यक्ष प्राडा अमरनाथ ठाकुरले हस्ताक्षर गरेका हुन् ।  

बीरगंज मुख्य कार्यालय रहेको मंगलम डायग्नोष्टिक सेन्टरले विशेषज्ञ डाक्टरहरू राखेर बीरगंज लगायत जनकपुरमा पनि अत्याधुनिक ल्याब सेवा प्रदान गरिरहेको छ। अब काठमाण्डौमा अत्याधुनिक र एकिकृत डायग्नोष्सि सेवा दिने लक्ष्य रहेको सेन्टरका अध्यक्ष प्राडा ठाकुरले जानकारी दिएका छन् ।

अहिले पनि विश्वसनिय डायग्नोष्सिको लागी नेपालीहरू भारत लगायत अन्य देश जानु परिरहेको बाध्यतालाई अन्त्य गर्न विश्वसनिय र भरपर्दो डायग्नोष्सि सेवा दिन काठमाण्डौमा छुट्टै ल्याबको आवश्यकता देखिएकाले ल्याब स्थापना गर्न लागिएको जनाइएको छ ।

सम्झौता बमोजिम नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौमा सञ्चालित ल्याबहरूको अवस्था अध्ययन गर्नेछ। हस्पिटल र ल्याबमा आउने बिरामीहरू डायग्नोष्सि रिर्पोटबाट संतुष्ट छ/छैनन् अध्यन गर्नेछ। काठमाण्डौको आवश्यकता अनुसार कस्तो र कुन क्षमताको डायग्नोष्सि सेन्टरको आवश्यकता छ, सोको लागी कति लगानी आवश्यक छ ? सो सबै अध्ययन अनुसन्धान गरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले मंगलम डायग्नोष्टिक सेन्टर प्रालि लाई प्रतिवेदन बुझाउने छ। 

New Office
CG Motors
Garima Development Bank

त्यस पश्चात नेक्सजेनले थप लगानीकर्ता खोज्ने र मंगलम डायग्नोष्टिक सेन्टर प्रालि आफैले पनि लगानी गरी आफ्नै व्यवस्थापनमा नयाँ अत्याधुनिक डायग्नोष्टिक सेन्टर सञ्चालन गर्नेछ।  

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि सम्पत्ति व्यवस्थापन गर्ने कम्पनी हो। यसले चलिरहेको उद्योग व्यवसायलाई सुव्यवस्थित सञ्चालनको लागि परामर्श सेवा दिने देखि लगानीकर्ता जुटाउने सम्मको सेवा दिन्छ।  

साथै, नयाँ उद्योग व्यवसाय संचालन गर्नेको लागि सो सम्बन्धि अध्ययन अनुसन्धान गर्ने र व्यवसाय संचालनको लागि आवश्यक सबै व्यवस्था गर्न परामर्श सेवा प्रदान गर्छ। नेक्सजेनले भखरै नेपाल सरकारबाट गत वैशाख १७ र १८ गते काठमाण्डौमा सञ्चालन भएको लगानी सम्मेलनमा कोरियन कम्पनिसँग सम्झौता गरेको छ। कोरियन पार्टिले नेपालमा सञ्चालन गर्ने छ । अर्ब लगानीको उद्योग स्थापनामा सहजीकरण र परामर्श सेवा दिने सम्झौता पनि नेक्सजेन म्यानेजमेन्टले गरिसकेको कम्पनीले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.