काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले आफ्नो सम्पर्क कार्यालय अस्थायी रूपमा काठमाण्डौ महानगरपालिका–११, त्रिपुरेश्वरमा स्थानान्तरण गरेको छ।
यसअघि कम्पनीको रजिष्टर्ड तथा सम्पर्क कार्यालय काठमाण्डौ महानगरपालिका–१, दरबारमार्गमा रहेको थियो। कम्पनीले एक सूचना जारी गर्दै सम्पर्क कार्यालय अस्थायी रूपमा त्रिपुरेश्वरमा स्थानान्तरण गरिएको जानकारी दिएको हो।
कम्पनीका अनुसार कार्यालय स्थानान्तरणसम्बन्धी जानकारी सम्बन्धित सबै पक्षको जानकारीका लागि सार्वजनिक गरिएको हो। कार्यालय स्थानान्तरण अस्थायी प्रकृतिको रहेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।