शुक्रबार, श्रावण २९,२०८३ 06:55:52
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 06:55:52
Bizshala
Global IME Bank Limited

नेपाली अटो मेकानिकले चीनको SAIC कारखानामा ईभी प्रविधिको प्रत्यक्ष अवलोकन गरे

Prabhu Bank Limited
नेपाली अटो मेकानिकले चीनको SAIC कारखानामा ईभी प्रविधिको प्रत्यक्ष अवलोकन गरे
New Office

 

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग र बजार विस्तार भइरहेका बेला दक्ष प्राविधिक जनशक्ति विकासमा जोड दिन थालिएको छ । यही क्रममा नेपाल अटो मेकानिक व्यवसाय महासंघका ३० जना प्रतिनिधिले चीनको चोङछिङस्थित SAIC Motors को उत्पादन कारखानाको अवलोकन गरेका छन् ।

नेपालमा SAIC तथा सम्बन्धित ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक भिजी मोटर्सको पहल तथा SAIC को सहयोगमा महासंघका प्रतिनिधिले साउन २६ र २७ गते फुलिङ, चोङछिङस्थित SAIC को कारखाना भ्रमण गरेका हुन् ।

भ्रमणका क्रममा नेपाली प्राविधिकले सवारीसाधन उत्पादन तथा एसेम्बली प्रक्रिया, गुणस्तर नियन्त्रण प्रणाली, परीक्षण प्रक्रिया तथा विद्युतीय सवारीसाधनमा प्रयोग हुने प्रविधिबारे प्रत्यक्ष जानकारी लिएका थिए । उनीहरूले SAIC का प्राविधिक विशेषज्ञसँग अन्तरक्रिया गर्दै ईभी उत्पादन, प्रविधि तथा मर्मतसम्भारसँग सम्बन्धित विषयमा जानकारी आदानप्रदानसमेत गरेका थिए ।

भिजी मोटर्सका अनुसार कारखाना भ्रमणले नेपाली अटो मेकानिकलाई सामान्य वर्कसपमा प्राप्त हुने व्यावहारिक ज्ञानभन्दा बाहिर गएर ईभीको उत्पादन, इन्जिनियरिङ, परीक्षण तथा गुणस्तर नियन्त्रण प्रक्रिया प्रत्यक्ष रूपमा बुझ्ने अवसर दिएको छ ।

प्राविधिक प्रशिक्षणलाई प्राथमिकता

नेपालमा व्यावसायिक विद्युतीय सवारीसाधनको बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको भिजी मोटर्सले सवारीसाधन बिक्रीसँगै प्राविधिक जनशक्ति विकासमा समेत काम गर्दै आएको जनाएको छ । कम्पनीले देशका विभिन्न स्थानमा मेकानिक मिट आयोजना गर्नुका साथै ईभीसम्बन्धी प्राविधिक प्रशिक्षण तथा साइटमै पुगेर प्राविधिक समस्या समाधान गर्दै आएको बताएको छ ।

कम्पनीका अनुसार ईभीसम्बन्धी प्राविधिक प्रशिक्षणको पहिलो चरण पूरा भइसकेको छ भने दोस्रो चरणको प्रशिक्षण अघि बढाउने तयारी भइरहेको छ । दोस्रो चरणमा ईभी मर्मतसम्भारका लागि आवश्यक उपकरणको पहिचान तथा प्रयोगदेखि सवारीसाधनको प्राविधिक मर्मतसम्मका विषय समेटिनेछन् ।

यसअघि कम्पनीले नेपाल अटो मेकानिक महासंघका सदस्यलाई लक्षित गरी ईभीको डायग्नोसिस, सर्भिसिङ तथा मर्मतसम्बन्धी व्यावहारिक प्रशिक्षण सञ्चालन गरेको थियो । चीनको कारखाना भ्रमणले उक्त व्यावहारिक ज्ञानलाई ईभी उत्पादन तथा प्रविधिको वास्तविक प्रक्रियासँग जोड्ने अवसर दिएको कम्पनीको भनाइ छ ।

CG Motors

ईभीसँगै बदलिँदै प्राविधिकको भूमिका

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा अटोमोबाइल क्षेत्रका प्राविधिकको भूमिका पनि परिवर्तन हुँदै गएको छ । परम्परागत मेकानिकल प्रणालीसँगै ईभीमा विद्युतीय प्रणाली, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक कम्पोनेन्ट, डायग्नोस्टिक्स, सुरक्षा प्रणाली तथा सफ्टवेयरसम्बन्धी ज्ञान आवश्यक हुने भएकाले प्राविधिकको क्षमता अभिवृद्धि महत्वपूर्ण बन्दै गएको व्यवसायीहरूको भनाइ छ ।

भिजी मोटर्सका कमर्सियल हेड सजल श्रेष्ठले नयाँ प्रविधि भित्र्याउनु मात्र पर्याप्त नभई त्यसलाई सञ्चालन तथा मर्मत गर्ने दक्ष जनशक्ति विकास गर्नु पनि उत्तिकै आवश्यक रहेको बताए ।

उनका अनुसार ईभीको इकोसिस्टममा प्राविधिक जनशक्ति महत्वपूर्ण हिस्सा भएकाले उनीहरूलाई उचित प्रशिक्षण र प्रत्यक्ष अनुभव उपलब्ध गराउन सके ग्राहकको विश्वास बढाउनुका साथै बिक्रीपछिको सेवा सुधार गर्न र नेपाली अटोमोबाइल जनशक्तिलाई भविष्यका लागि तयार गर्न सहयोग पुग्नेछ ।

उपभोक्ता विश्वास बढाउन दक्ष प्राविधिक आवश्यक

नेपालमा ईभीको प्रयोग र बजार विस्तार हुँदै जाँदा दक्ष प्राविधिक जनशक्तिको आवश्यकता अझ बढ्ने देखिन्छ । सही डायग्नोसिस, गुणस्तरीय मर्मतसम्भार र प्रभावकारी बिक्रीपछिको सेवा उपलब्ध गराउन सक्ने प्राविधिक विकासले विद्युतीय सवारीसाधनप्रतिको उपभोक्ता विश्वाससमेत बलियो बनाउन सक्ने व्यवसायीहरूको भनाइ छ ।

SAIC तथा भिजी मोटर्सको प्रायोजनमा भएको भ्रमणमा सहभागी प्रतिनिधिहरूको यात्रा तथा आतिथ्य व्यवस्थासमेत गरिएको थियो ।

भिजी मोटर्सले SAIC, नेपाल अटो मेकानिक व्यवसाय महासंघ तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यलाई निरन्तरता दिँदै नेपालको अटोमोबाइल क्षेत्रलाई थप दक्ष, सक्षम र भविष्यका लागि तयार बनाउन योगदान गर्ने जनाएको छ ।

कम्पनीका अनुसार प्रविधिको विकाससँगै त्यसलाई सञ्चालन, मर्मतसम्भार तथा सुरक्षित रूपमा प्रयोग गर्ने मानव संसाधनको क्षमता विकासलाई पनि समान प्राथमिकता दिन आवश्यक छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X