काठमाण्डौ । लक्ष्मी सनराईज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२–८३ को अन्त्यसम्म ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
बैंकको यो नाफा अघिल्लो आवको तुलनामा २३.२६ प्रतिशत कम हो । अघिल्लो आवमा बैंकले ४ अर्ब ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको नाफामा संकुचन देखिएपनि आम्दानीमा भने उल्लेख्य सुधार देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ६.७९ प्रतिशत बढेर ११ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने कमिसन आम्दानी १२.३८ प्रतिशत बढेर २ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (इपीएस) ११.६४ रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा भने बैंकको ईपीएस १६.६८ रुपैयाँ थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ १७७.०२ रुपैयाँ, पीई रेसियो १८.४८ गुणा, आरओई ६.७२ प्रतिशत र तरलता अनुपात ३०.३२ प्रतिशत रहेको छ ।
त्यस्तै, बैंकको खराब कर्जा अनुपात सामान्य बढेर ५.२३ प्रतिशत कायम भएको छ । यसका साथै पूँजीकोष अनुपात १२.०३ प्रतिशत, कस्ट अफ फण्ड ३.२८ प्रतिशत, बेस रेट ५.०५ प्रतिशत, स्प्रेड दर ३.२२ प्रतिशत, रिटर्न अन इक्विटी ६.७२ प्रतिशत र सीडी रेसियो ७४.७७ प्रतिशत रहेको छ ।
२६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ चुक्तापूँजी रहेको यो बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ९६ करोड रुपैयाँ र रिजर्भमा १९ अर्ब २५ करोड रुपैयाँ संचित छ ।
बैंकले सो अवधिसम्म १ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ । यसर्थमा बैंकको लाभांश क्षमता ६.७९ प्रतिशत रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।