काठमाण्डौ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा रूखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
शनिबार राति करिब १०ः२५ बजे सडकको माथिल्लो भागबाट पहिरो खसेपछि नारायणगढ–काठमाडौं सडकखण्डमा दुवैतर्फी सवारी आवागमन ठप्प भएको हो। पहिरोका कारण नारायणगढबाट काठमाडौं तथा काठमाण्डौबाट नारायणगढतर्फ जाने सबै प्रकारका सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।
पहिरो ठूलो रहेकाले सडक खुलाउन कम्तीमा ६ देखि ७ घण्टा लाग्ने अनुमान गरिएको छ। पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन सडक विभागसँग समन्वय भइरहेको जनाइएको छ।
यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै सडकको अवस्था सामान्य नभएसम्म अनावश्यक यात्रा नगर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।
पहिरो पन्छाउने काम पूरा भएपछि सडकको अवस्थाबारे थप सूचना जारी गरिने जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।