काठमाण्डौ । सोमबार सेयरबजारमा ५ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नबिल स्टक डिलर, सनि सेक्युुरिटिज, प्रिमियर सेक्युुरिटिज र क्यापिटल म्याक्स सेक्युुरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युुरिटिज, भिजन सेक्युुरिटिज, अनलाईन सेक्युुरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, इम्पेरियल सेक्युुरिटिज र सन सेक्युुरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युुरिटिज रहेको छ । उक्त ब्रोकरबाट ६० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४७.०५ प्रतिशत सेयर खरिद भएको छ भने ५२.९५ प्रतिशत सेयर बिक्री भएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।