सोमबार, भाद्र ८,२०८३ 03:32:09
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 03:32:09
Bizshala
Global IME Bank Limited

भन्सार छलीका गरगहना तथा पत्थरसहित भारतीय नागरिक पक्राउ

भन्सार छलीका गरगहना तथा पत्थरसहित भारतीय नागरिक पक्राउ
New Office

काठमाण्डौ । काठमाण्डौको क्षेत्रपाटीबाट प्रहरीले भन्सार छली गरी ल्याइएको आशंकामा विभिन्न धातुका गरगहना तथा पत्थरसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८३ साल भदौ ५ गते दिउँसो करिब ४ः३० बजे  काठमाण्डौ महानगरपालिका–१६, क्षेत्रपाटीमा अवैध रूपमा धातुका गरगहना तथा पत्थर बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा भारतको राजस्थान राज्य, जयपुरस्थित आदर्शनगर–९१, दिपकमार्ग निवासी ५७ वर्षीय शोकत अलीले चलाएको RJ14LC5177 नम्बरको Maruti Suzuki गाडीबाट बिल–बीजक नभएका विभिन्न प्रकारका गरगहना तथा पत्थर फेला परेको प्रहरीले जनाएको छ।

Bizshala
CG Motors

प्रहरीका अनुसार बरामद सामग्रीको अनुमानित मूल्य करिब ८ लाख रुपैयाँ रहेको छ। बरामद सामग्रीमा विभिन्न प्रकारका माला, झुम्का, औंठी, लकेट, बाला, पाउजु, ब्रासलेट तथा विभिन्न आकार र रंगका पत्थर रहेका छन्।

बरामद पत्थरमध्ये कालो रंगको पत्थर १ किलो ८५५ ग्राम, हरियो रंगको पत्थर ३ किलो ३४० ग्राम, सेतो रंगका पत्थर ४४५ ग्राम र रातो रंगका पत्थर ८४० ग्राम रहेको प्रहरीले जनाएको छ। त्यस्तै अन्य विभिन्न प्रकारका पत्थर तथा गरगहना पनि बरामद गरिएको छ।

प्रहरीले शोकत अलीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.