शुक्रबार, आश्विन ३०,२०८३ 01:20:42
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 01:20:42
Bizshala
Global IME Bank Limited

बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ

Bizshala
बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ
New Office

काठमाण्डौ । बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।

किशोरको बयान चलिरहेका बेला बयान कक्षमै खिचिएको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा किशोरले घटनाबारे दिएको बयानसमेत समावेश रहेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रहरी हिरासतमा रहेका किशोरको बयानको भिडियो सार्वजनिक भएपछि प्रहरीको गोपनीयता र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठेको थियो। अनुसन्धानका क्रममा भिडियो बयान कक्षमा खिचिएको र त्यहीँबाट बाहिरिएको हुन सक्ने देखिएपछि भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरिएको हो।

बारा प्रहरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरी हिरासतमा राखिएको छ। उनीमाथि फौजदारी कसुरअन्तर्गत कारबाही अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

भिडियो खिच्ने क्रममा बयान कक्षमा पाँच जना प्रहरी देखिएको र घटनामा अन्य प्रहरीको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.