काठमाण्डौ । सोमबार सेयरबजारमा ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, नेपाल स्टक हाउस रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा एबीसी सेक्युरिटिज, अनलाईन सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ५४ करोड १७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५५.२५ प्रतिशत सेयर खरिद भएको छ भने ४४.७५ प्रतिशत सेयर बिक्री भएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।