सोमबार, आश्विन ५,२०८३ 04:09:34
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 04:09:34
Bizshala
Global IME Bank Limited

युरोपमा बढ्दो गर्मीले बीमा कम्पनीको नाफामा दबाब पर्ने चेतावनी

युरोपमा बढ्दो गर्मीले बीमा कम्पनीको नाफामा दबाब पर्ने चेतावनी
New Office

काठमाण्डौ । युरोपमा लामो समयसम्म जारी रहने तीव्र गर्मीको लहरले बीमा कम्पनीहरूको नाफामा नकारात्मक असर पार्न सक्ने देखिएको छ। अत्यधिक गर्मीका कारण हुने मृत्यु, स्वास्थ्यसम्बन्धी समस्या, खडेरी र डढेलोका घटनामा वृद्धि हुँदा बीमा दाबी तथा भुक्तानी बढ्न सक्ने अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी एसएन्डपी ग्लोबल रेटिङ्सले जनाएको छ।

एसएन्डपीको मूल्यांकनअनुसार, यस गर्मीमा लामो समयसम्म कायम रहेको चरम तापक्रमले खडेरी र डढेलोसँग सम्बन्धित बीमा दाबी बढाएको छ। यसको प्रभाव जीवन तथा स्वास्थ्य बीमा कम्पनीसँगै बीमा कम्पनीहरूलाई वित्तीय सुरक्षा प्रदान गर्ने पुनर्बीमा कम्पनीमा समेत पर्न सक्नेछ।

एसएन्डपीका अनुसार बीमा दाबी र भुक्तानीमा निरन्तर वृद्धि भएमा त्यसको असर अन्ततः ग्राहकले तिर्नुपर्ने बीमा प्रिमियममा समेत पर्न सक्छ।

अत्यधिक तापक्रम वृद्धवृद्धाका लागि विशेष जोखिमपूर्ण हुने भएकाले गर्मीका कारण हुने मृत्युबाट जीवन बीमाअन्तर्गतका दाबी बढ्न सक्नेछन्। त्यस्तै, निजी स्वास्थ्य सेवाको माग, उपचार खर्च र अस्पताल भर्ना हुने दर बढ्दा स्वास्थ्य बीमा कम्पनीमाथि पनि अतिरिक्त वित्तीय दबाब पर्न सक्छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एजेन्सीले विद्यमान बीमा सम्झौताहरूमा बढ्दो तापक्रमबाट उत्पन्न जोखिमलाई अझै पूर्ण रूपमा समेटिन नसकेको जनाएको छ। गर्मीका कारण हुने मृत्यु र स्वास्थ्यमा पर्ने असरबाहेक उपचार तथा अस्पताल भर्नाको बढ्दो लागतले बीमा र पुनर्बीमा कम्पनीको वित्तीय प्रदर्शनलाई प्रभावित गर्न सक्नेछ।

युरोपमा बढ्दो वृद्ध जनसंख्याले गर्मीसम्बन्धी जोखिम थप गम्भीर बनाएको एसएन्डपीको निष्कर्ष छ। युरोपेली संघमा ६५ वर्ष वा सोभन्दा माथिको जनसंख्या सन् २००४ मा कुल जनसंख्याको १६.४ प्रतिशत रहेकोमा सन् २०२४ मा बढेर २१.६ प्रतिशत पुगेको छ।

त्यसैगरी, ८० वर्ष वा सोभन्दा माथिको जनसंख्याको हिस्सा पनि सोही अवधिमा ३।८ प्रतिशतबाट बढेर ६।१ प्रतिशत पुगेको छ। अत्यधिक गर्मीबाट वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले युरोपमा गर्मीसम्बन्धी मृत्युको जोखिम आगामी दिनमा थप बढ्न सक्ने एसएन्डपीले जनाएको छ।

जुन २२ देखि २८ सम्म चलेको गर्मीको लहरमा रेकर्ड गरिएका करिब १० हजार ६५० अतिरिक्त मृत्युमध्ये ९ हजारभन्दा बढी ६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिमा भएको बताइएको छ।

बेलायतमा पनि मे महिनामा चार दिन र जुनमा आठ दिन चलेको गर्मीको लहरका कारण संयुक्त रूपमा २ हजार ८७७ अतिरिक्त मृत्यु भएको अनुमान गरिएको छ। यो संख्या सन् २०२५ को गर्मीमा रेकर्ड भएको १ हजार ५०४ अतिरिक्त मृत्युभन्दा उल्लेख्य रूपमा बढी हो।

एसएन्डपीले हालसम्म अत्यधिक गर्मीको प्रभावले बीमा कम्पनीहरूको क्रेडिट रेटिङमा प्रत्यक्ष असर नपारेको जनाएको छ। तर, चरम गर्मीका घटना आगामी वर्षहरूमा अझ बढी पटक र तीव्र रूपमा दोहोरिँदै गए तथा युरोपको वृद्ध जनसंख्या निरन्तर बढ्दै गएमा मध्यम तथा दीर्घकालमा बीमा क्षेत्रमाथि ठूलो वित्तीय दबाब पर्न सक्ने चेतावनी दिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.