मंगलवार, भाद्र ९,२०८३ 07:51:48
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 07:51:48
Bizshala
Global IME Bank Limited

हिमालयन लाइफका तत्कालीन सीईओलाई २५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

हिमालयन लाइफका तत्कालीन सीईओलाई  २५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
New Office

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारसम्बन्धी अभियोग लागेका हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश नारायणप्रसाद पौडेल तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मंगलबार कर्णलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

अदालतले माग गरिएको २५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत बुझाएमा तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ। तोकिएको धरौटी वा बैंक जमानत उपलब्ध गराउन नसके कर्णलाई कारागार कार्यालय पठाउनसमेत अदालतले आदेश दिएको छ।

Bizshala
CG Motors

कर्णविरुद्ध ७ अर्ब २२ करोड ४६ लाख ८५ हजार ९७४ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन, प्रयोग तथा स्रोत लुकाएको अभियोग लगाइएको छ।

आरोपपत्रअनुसार हिमालयन लाइफ इन्स्योरेन्सको सीईओ रहँदा कर्णले आफ्नो पदको दुरुपयोग गरी अन्य प्रतिवादीसँगको मिलेमतोमा नेपाल पुनर्बीमा कम्पनीको सेयर ‘कर्नरिङ’, सेयर मूल्यमा कृत्रिम उतारचढाव तथा बीमा कोषको रकम दुरुपयोग गरी गैरकानुनी लाभ लिएको आरोप छ।

तर, अदालतमा बयान दिने क्रममा कर्णले आफूले बीमा प्राधिकरणको स्वीकृति लिएर कम्पनीको मुनाफाका लागि सेयरमा लगानी गरेको दाबी गरेका छन्। उनले सेयरको कृत्रिम मूल्य सिर्जना गर्ने तथा बीमा कोषको रकम दुरुपयोग गर्ने कार्यमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन्।

अदालतको आदेशसँगै कर्ण धरौटी बुझाएर मुद्दाको पुर्पक्षका लागि बाहिर रहने भएका छन्। मुद्दामा लगाइएको अभियोग र कर्णको प्रतिरक्षाबारे अन्तिम फैसला भने अदालतको आगामी सुनुवाइ तथा प्रमाण परीक्षणपछि हुनेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X