आईतवार, आश्विन १८,२०८३ 08:48:25
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 08:48:25
Bizshala
Global IME Bank Limited

नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक, यस्ता छन् फिचर्स

Bizshala
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक, यस्ता छन् फिचर्स
New Office

काठमाण्डौ । नाडा अटो शोको पहिलो दिन मंगलबार हाइगरको भी सिरिज प्रिमियम विद्युतीय कोच सार्वजनिक गरिएको छ। नेपालका लागि हाइगर बस कम्पनी लिमिटेडको आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले उक्त बस नेपाली बजारमा सार्वजनिक गरेको हो।

३१ सिट क्षमताको हाइगर भी सिरिज प्रिमियम ईभी कोचमा २१६ किलोवाट आवर क्षमताको बीवाईडी ब्लेड ब्याट्री र २७५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। कम्पनीका अनुसार बसले एकपटक पूर्ण चार्ज गर्दा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्छ।

बसमा २७० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ। ब्याट्रीमा १० वर्ष वा १० लाख किलोमिटरसम्मको वारेन्टी दिइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नेपालमा भित्रिएका व्यावसायिक सवारीसाधनमध्ये यो सबैभन्दा लामो ब्याट्री वारेन्टी हो।

यात्रुको आराम र सुरक्षालाई प्राथमिकता दिइएको बसमा डबल एयर सस्पेन्सन, अगाडि तथा पछाडि डिस्क ब्रेक, एबीएस र ईबीडी सिस्टम जडान गरिएको छ। उच्च गुणस्तरको एसी तथा हीटरको सुविधा पनि उपलब्ध छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चालकका लागि अटो एडजस्टेबल एयर सस्पेन्डेड सिट राखिएको छ। ब्लाइन्ड स्पट न्यून हुने गरी बसको डिजाइन गरिएको कम्पनीले जनाएको छ। नेपाल सरकारले सार्वजनिक यातायातमा अनिवार्य गर्न लागेको सीसीटीभी क्यामेरा र जीपीएस सिस्टमसमेत बसमै जडान भएर आउने बताइएको छ।

शशीला मोटर्सका सहायक महाप्रबन्धक प्रद्युम्न केसीले लामो दूरीमा सञ्चालन हुने विभिन्न आकार र क्षमताका प्रिमियम कोचसँगै शहरी यातायातका लागि ८ देखि १४ मिटरसम्मका सिटी बस उपलब्ध रहेको जानकारी दिए।

ग्राहकको आवश्यकताअनुसार बसलाई कस्टमाइज गर्न सकिने बताउँदै उनले डिजेल बसको तुलनामा विद्युतीय बसबाट हुने आम्दानी तीन गुणासम्म बढी हुने दाबी गरे।

सहायक निर्देशक दिवसबाबु सुवेदीले बिक्रीपछिको सेवाका लागि कम्पनीले आवश्यक जनशक्ति र स्पेयर पार्ट्सको व्यवस्था गरिसकेको बताए। बस खरिदकर्ता तथा सञ्चालकका लागि डेडिकेटेड हटलाइन नम्बर ९७१४५८८३३८ समेत सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

ट्राभल्स तथा टुर्स व्यवसायीको रोजाइमा पर्दै आएका हाइगरका बस नेपालमा १८ वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.