मंगलवार, आश्विन २७,२०८३ 03:00:00
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 03:00:00
Bizshala
Global IME Bank Limited

बाढी–पहिरोको संकटबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

सरकार र सांसदहरू उद्धार तथा राहतमा खटिनुपर्ने भन्दै पूर्वनिर्धारित बैठक रोकियो, अर्को मिति पछि तय हुने

Bizshala
बाढी–पहिरोको संकटबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित
New Office

 

काठमाण्डौ । देशका विभिन्न भागमा बाढी–पहिरोबाट उत्पन्न गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।

बुधबारको प्रतिनिधिसभा बैठक सकिएपछि सभामुख डोलप्रसाद अर्यालले बिहीबार १ बजेका लागि अर्को बैठक बोलाएका थिए। तर बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतको कामलाई प्राथमिकता दिनुपर्ने अवस्था सिर्जना भएपछि उक्त बैठक स्थगित गरिएको हो।

संघीय संसद् सचिवालयले सूचना जारी गर्दै हालैको बाढी–पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारसँगै प्रतिनिधिसभाका सदस्यसमेत उद्धार, राहत तथा अन्य विपद् प्रतिकार्यमा संलग्न हुनुपर्ने भएकाले पूर्वनिर्धारित समयमा बैठक बस्न नसक्ने जनाएको छ।

त्यसैले अर्को सूचना प्रकाशित नभएसम्म प्रतिनिधिसभाको बैठक स्थगित गरिएको सचिवालयले स्पष्ट पारेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङसहित त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याएपछि सरकारका विभिन्न संयन्त्र उद्धार र राहतमा केन्द्रित भएका छन्।

सांसदहरूलाई समेत प्रभावित क्षेत्रमा राहत, उद्धार तथा समन्वयका काममा संलग्न हुनुपर्ने अवस्था देखिएकाले संसद्को नियमित कार्यतालिका प्रभावित भएको हो।

अब प्रतिनिधिसभाको अर्को बैठक कहिले बस्ने भन्ने मिति संघीय संसद् सचिवालयले छुट्टै सूचना जारी गरेर जानकारी गराउनेछ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X