शुक्रबार, आश्विन २,२०८३ 04:57:16
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 04:57:16
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपछि चक्रदेवी अस्पतालमै संकट : बिजुली छैन, पेट्रोल पनि सकियो

२४ घाइते अस्पताल पुगे, ९ गम्भीर बिरामी हेलिकप्टरबाट काठमाडौं पठाइए

भोटेकोशी बाढीपछि चक्रदेवी अस्पतालमै संकट : बिजुली छैन, पेट्रोल पनि सकियो
New Office

 

 

काठमाण्डौ ।  भोटेकोशी बाढीबाट घाइते भएकाको उपचारमा खटिएको नुवाकोटको विदुरस्थित चक्रदेवी अस्पताल आफैं संकटमा परेको छ। विद्युत् आपूर्ति बन्द छ, वैकल्पिक ऊर्जाका लागि प्रयोग भइरहेको पेट्रोल पनि सकिन थालेपछि अस्पतालको आपतकालीन सेवा सञ्चालनमै चुनौती थपिएको हो।

बाढी प्रभावित क्षेत्रबाट करिब एक किलोमिटर दूरीमा रहेको १५ शय्याको चक्रदेवी अस्पतालमा उद्धार गरिएका घाइतेलाई लगातार ल्याइँदै छ। अस्पतालले अहिले ‘इमर्जेन्सी मोड’मा सेवा दिइरहेको छ।

अस्पतालका डा. राकेश परियारका अनुसार बिहीबारसम्म २४ जना घाइते उपचारका लागि अस्पताल पुगेका छन्। तीमध्ये अवस्था गम्भीर रहेका ९ जनालाई नेपाली सेनासँगको समन्वयमा हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। अन्य घाइतेको उपचार अस्पतालमै भइरहेको छ।

बाढीले नुवाकोटका त्रिशूली बजार, बेत्रावती, ढुंगे र देवीघाट क्षेत्रका बस्ती तथा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। सडक र पुल बगेपछि जिल्लाको प्रमुख उपचार केन्द्र त्रिशूली जिल्ला अस्पतालसम्मको पहुँचसमेत प्रभावित बनेको छ।

विशेषगरी ढुंगे क्षेत्रका पक्की पुल बगाएपछि स्थलमार्गबाट गम्भीर बिरामी काठमाडौं पठाउने अवस्था नरहेको अस्पतालले जनाएको छ।

Shivam Cement
Bizshala
CG Motors

उद्धार बढेसँगै बिरामी थपिने चिन्ता

खोज तथा उद्धार कार्य तीव्र हुँदै गएकाले अस्पतालमा आउने घाइतेको संख्या अझै बढ्न सक्ने चिकित्सकको अनुमान छ।

१५ शय्याको अस्पतालले आवश्यकता परे ‘ट्रायाज’ प्रणाली अपनाएर एकैपटक ठूलो संख्यामा घाइतेको उपचार तथा व्यवस्थापन गर्ने तयारी गरेको छ। तर अस्पतालमा जनशक्ति निकै सीमित छ। दुई चिकित्सकसहित सीमित स्वास्थ्यकर्मीले निरन्तर सेवा दिइरहेका छन्।

Muktinath Bikas Bank Limited

बिजुली बन्द, पेट्रोल पनि अभाव

अस्पतालका लागि अहिले सबैभन्दा ठूलो समस्या विद्युत् आपूर्ति बनेको छ। बिजुली नहुँदा गम्भीर बिरामीलाई निरन्तर मोनिटरिङ गर्न आवश्यक उपकरण चलाउन कठिन भइरहेको छ।

अस्पतालले पेट्रोलबाट चल्ने वैकल्पिक विद्युत् प्रणालीको सहारामा सेवा धानिरहेको थियो। तर जेनेरेटर तथा इन्भर्टर चलाउन आवश्यक पेट्रोलसमेत अभाव भएको अस्पतालले जनाएको छ।

बाढीले ढुंगे क्षेत्रको पेट्रोल पम्पसमेत बगाएको छ भने बट्टारस्थित अर्को पेट्रोल पम्पमा पनि पेट्रोल अभाव देखिएको छ।

डा. परियारका अनुसार विद्युत् नहुँदा बिरामीलाई निरन्तर मोनिटरमा राख्न कठिन भएको छ र जेनेरेटर चलाउन पेट्रोलसमेत सकिएको छ।

उद्धार गरिएका घाइतेको संख्या बढ्दै जाने सम्भावनाबीच अस्पतालमै ऊर्जा र जनशक्तिको संकट गहिरिँदा उपचार सेवा निरन्तर राख्न थप कठिनाइ उत्पन्न भएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.