आईतवार, मंसिर ९,२०८१ 05:02:51
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 05:02:51
IME remit
Global IME Bank Limited

एकै परिवारको तेस्रो पुस्ताले मोरङ उद्योग व्यापार संघको कार्यभार सम्हाल्दै,अध्यक्षमा अनुपम राठी

Hyundai Nepal
एकै परिवारको तेस्रो पुस्ताले मोरङ उद्योग व्यापार संघको कार्यभार सम्हाल्दै,अध्यक्षमा अनुपम राठी
Nabil Bank Limited

काठमाण्डौ । मोरङ उद्योग व्यापार संघ (साविकः मोरंग व्यापार संघ)को ३४औँ कार्यसमिति सदस्यहरुको निर्वाचन आज अर्थात बैशाख २४ गते सम्पन्न भएको छ । संघको विधान र नियमावली अनुसार वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्यको लागि निर्वाचन भएकोमा त्यहि संख्याको उम्मेदवारी दर्ता हुन गई सोही उम्मेदवाहरु संघको ३४औं कार्य समितिका लागि निर्विरोध निर्वाचित भएका छन् ।  

उक्त निर्वाचनबाट वाणिज्य क्षेत्र तर्फ अनिल कुमार साह, संजय कुमार श्रेष्ठ, शुशिल सुराना, विवेक अग्रवाल, मनिष कुमार मारु, अनिल सारडा, राजेश कुमार अग्रवाल र दिपेश सुवेदी निर्विरोध निर्वाचित भएका छन् भने उद्योग क्षेत्र तर्फ देवाशिष गोल्छा, विनित सिंघानिया, अमित कुमार शारदा, अनुपम राठी, अमित राठी, आशिष जाजु, पवन राठी, बिकास कुमार बेगवानी निर्विरोध निर्वाचित भएका छन् ।

त्यसका साथै, आजै सम्पन्न संघको नवगठित ३४औँ कार्यसमितिको बैठकले पदाधिकारीहरुको समेत चयन गरेको छ । संघको ३४औँ कार्यसमितिको अध्यक्षमा अनुपम राठी, वरिष्ठ उपाध्यक्षमा अनिल कुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा बिकास कुमार बेगवानी, महासचिवमा संजय कुमार श्रेष्ठ, सचिवमा अमित कुमार शारदा, कोषाध्यक्षमा राजेश कुमार अग्रवाल तथा प्रवक्ताका रुपमा दिपेश सुवेदीलाई चयन भएका छन् । 

Bizshala
Shivam Cement
CG Motors

साथै, बैठकमा संघको नियम बमोजिम सम्वद्ध क्षेत्र ९वस्तुगत० तर्फबाट गोपाल अग्रवाल र ओम प्रकाश शर्मा, संघका शाखाहरु तर्फबाट कृष्ण प्रसाद रिजाल र नवनिर्वाचित अध्यक्षबाट श्रीमती बन्दना जैन र धिरज मोहतालाई मनोनयन गरी २१ सदस्यीय कार्यसमिति गठन भएको छ । संघको नियम बमोजिम निवर्तमान अध्यक्ष नवीन रिजाल सो समितिको पदेन सल्लाहकार रहने भएका छन् ।

त्यसका अतिरिक्त, ३४औँ कार्यसमितिले बिनोद बोहरा, डा। दिपेन्द्र नौलखा, पंकज गोयल र संजिव श्रेष्ठलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गर्नुका साथै संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रीमती श्रुती शर्मालाई मनोनयन गरेको छ ।

अध्यक्षमा अनुपम राठी निर्वाचित भएसँगै ए के राठी समुहले विगत तीन पुस्तादेखि मोरङ उद्योग ब्यापार संघलाई नेतृत्व गर्दै आईरहेका छ ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.