Bizshala
  • शुक्रबार, भाद्र १२,२०८३ 04:11:18
Bizshala
Global IME Bank Limited

ओम मेगाश्री फर्मास्युटिकल्सद्वारा बाढीपीडितका लागि २० लाख रुपैयाँ बराबरको औषधि सहयोग

ओम मेगाश्री फर्मास्युटिकल्सद्वारा बाढीपीडितका लागि २० लाख रुपैयाँ बराबरको औषधि सहयोग
New Office

काठमाण्डौ । नेपालमा पहिलोपटक आईपीओ जारी गर्ने औषधि कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले बाढीपीडितका लागि करिब २० लाख रुपैयाँबराबरको औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।

कम्पनीका अनुसार सहयोग अभियानअन्तर्गत पहिलो चरणमा शुक्रबार करिब ७ लाख रुपैयाँ बराबरको औषधि तथा स्वास्थ्य सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइएको छ। बाँकी सामग्री पनि प्रभावित क्षेत्रको आवश्यकता र अवस्थाका आधारमा क्रमशः उपलब्ध गराइने कम्पनीले जनाएको छ।

Bizshala
CG Motors

चितवनको जुगेडीमा उद्योग रहेको ओम मेगाश्री फर्मास्युटिकल्सले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्वअन्तर्गत औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आवश्यक औषधि र स्वास्थ्य सामग्रीको अभाव कम गर्न कम्पनीको सहयोगले योगदान पुग्ने अपेक्षा गरिएको छ।

कम्पनीमा गैरआवासीय नेपाली संघ ९एनआरएनए०का पूर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार अर्जुनकुमार श्रेष्ठ, एनआरएनए बेल्जियमका अध्यक्ष कमल पन्थी तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)का अध्यक्ष अर्जुन काफ्लेलगायतको लगानी रहेको जनाइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.