काठमाण्डौ । सोमबार सेयरबजारमा साढे ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री दबाब देखिएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।
उच्च बिक्री गर्ने ब्रोकरहरुमा भने सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र प्रिमियर सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट ५२ करोड ८६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५२.४८ प्रतिशत सेयर खरिद भएको छ भने ४७.५२ प्रतिशत सेयर बिक्री भएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।