मंगलवार, आश्विन २७,२०८३ 03:00:04
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 03:00:04
Bizshala
Global IME Bank Limited

अनिश्चितकालीन स्थगनले प्रतिनिधिसभाको क्यालेन्डर अस्तव्यस्त, विधेयकदेखि प्रश्नोत्तरसम्म प्रभावित

Bizshala
अनिश्चितकालीन स्थगनले प्रतिनिधिसभाको क्यालेन्डर अस्तव्यस्त, विधेयकदेखि प्रश्नोत्तरसम्म प्रभावित
New Office

 

 काठमाण्डौ । प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएसँगै पूर्वनिर्धारित संसदीय क्यालेन्डर प्रभावित भएको छ। क्यालेन्डरअनुसार लगातार बैठक बस्दै विभिन्न विधेयक, शून्य समय, विशेष समय र मन्त्रालयगत प्रश्नोत्तर अघि बढ्नुपर्ने भए पनि बैठक पुनः कहिले सञ्चालन हुन्छ भन्ने टुंगो लाग्न सकेको छैन।

संघीय संसद् सचिवालयले भदौ १० गते सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको थियो। त्यसयता क्यालेन्डरमा निर्धारण गरिएका बैठक र कार्यसूची कार्यान्वयन हुन सकेका छैनन्।

संसदीय क्यालेन्डरअनुसार सोमबार प्रतिनिधिसभामा कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी थियो। सोही बैठकमा शून्य समय सञ्चालन गर्नुका साथै विभिन्न वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीसमेत थियो।

मंगलबारको बैठकका लागि भने संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधता संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गर्ने कार्यक्रम तय गरिएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यससँगै शून्य समय, विशेष समय तथा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम पनि सञ्चालन गर्ने तयारी थियो। तर बैठक नै बस्न नसकेपछि ती सबै संसदीय कार्यसूची रोकिएका छन्।

पूर्वनिर्धारित क्यालेन्डर प्रभावित भएपछि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार सिंहदरबारमा बस्दैछ। बैठकमा प्रतिनिधिसभाको अर्को बैठक कहिले बोलाउने र प्रभावित संसदीय कार्यतालिकालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ।

क्यालेन्डरमा आगामी बैठकहरूका लागि बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावसहित शून्य समयलगायतका कार्यक्रमसमेत तय गरिएका छन्।

प्रतिनिधिसभाले यसअघि बैठक बस्ने मिति र सम्भावित कार्यसूचीलाई पूर्वनिर्धारित क्यालेन्डरमार्फत व्यवस्थित गर्ने अभ्यास अघि बढाएको थियो। तर पछिल्लो अनिश्चितकालीन स्थगनले विधेयक निर्माण, सरकारमाथिको संसदीय निगरानी र सांसदहरूले उठाउने सार्वजनिक सरोकारका विषयसमेत प्रभावित भएका छन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X