बुधबार, भाद्र १७,२०८३ 01:19:36
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 01:19:36
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्।

संघीय संसद सचिवालय स्रोतका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम छ।

भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। अहिले पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका काम जारी छन्।

पछिल्लो विवरणअनुसार बाढीमा परी हालसम्म १ हजार ११३ जनाको शव फेला परेको छ भने ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन्।

भोटेकोशी–त्रिशूली बाढीपछि प्रधानमन्त्री शाहले राष्ट्रका नाममा औपचारिक सम्बोधन गरेका छैनन्। यद्यपि उनले दैनिकजसो सामाजिक सञ्जाल फेसबुकमार्फत खोज, उद्धार, राहत तथा पुनर्निर्माणको प्रगतिबारे जानकारी दिँदै आएका छन्।

आजको प्रतिनिधि सभा बैठकमा सभामुखबाट भोटेकोशी बाढी र त्यसबाट भएको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूचीसमेत रहेको छ।

प्रधानमन्त्रीको आजको सम्बोधनमा बाढीपछिको खोज तथा उद्धार, राहत, पुनर्स्थापना, पूर्वाधार पुनर्निर्माण तथा सरकारको आगामी कार्ययोजनाबारे जानकारी आउने अपेक्षा गरिएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.