काठमाण्डौ। पोखरा फाइनान्स लिमिटेडले आफ्नो केन्द्रीय/कर्पोरेट कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीले काठमाण्डौ महानगरपालिका–२८, पुतलीसडकबाट काठमाण्डौ महानगरपालिका–२८, कमलादीमा स्थानान्तरण गर्ने भएको हो।
कम्पनीका अनुसार आगामी भदौ २२ गतेदेखि केन्द्रीय/कर्पोरेट कार्यालय कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको भवनबाट सञ्चालन हुनेछ। कार्यालय स्थानान्तरणसँगै संस्थाका सम्पूर्ण प्रशासनिक तथा अन्य नियमित कार्यहरू नयाँ कार्यालय परिसरबाट सञ्चालन गरिने जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।