शुक्रबार, आश्विन १६,२०८३ 07:45:17
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 07:45:17
Bizshala
Global IME Bank Limited

ऋण असुलीका नाममा जबर्जस्ती गरे कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

Bizshala
ऋण असुलीका नाममा जबर्जस्ती गरे कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
New Office

काठमाण्डौ । ऋण असुलीका नाममा ऋणीमाथि यातना दिने, घरबाट सामान उठाएर लैजाने तथा किस्ता नतिरेसम्म घरमै बसेर दबाब दिने कार्य नगर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालसँग भएको सहमतिपत्र कार्यान्वयनका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

सरकार र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच गत भदौ ६ गते सहमति भएको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मन्त्रालयले पठाएको पत्रमा ऋण असुलीका क्रममा यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने, गालीबेइज्जती तथा दुर्व्यवहार गर्ने जस्ता गैरकानुनी गतिविधि भएमा पीडितले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सक्ने उल्लेख छ।

यस्ता गैरकानूनी कार्य भएको उजुरी प्राप्त भएमा प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयको पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र तथा मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार उक्त सहमतिको कार्यान्वयनका लागि सम्बन्धित विवरण पठाइएको उल्लेख छ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई निर्णयअनुसार आवश्यक कार्यान्वयन तथा समन्वय गर्नसमेत आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.