आईतवार, भाद्र २१,२०८३ 04:09:23
Bizshala
  • आईतवार, भाद्र २१,२०८३ 04:09:23
Bizshala
Global IME Bank Limited

इन्फिनिटी लघुवित्तद्वारा नीति, नियम तथा अनुपालनसम्बन्धी देशव्यापी प्रशिक्षण

इन्फिनिटी लघुवित्तद्वारा नीति, नियम तथा अनुपालनसम्बन्धी देशव्यापी प्रशिक्षण
New Office

काठमाण्डौ । इन्फिनिटी लघुवित्तले देशभरका शाखा कार्यालयमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै संस्थागत नीति, प्रक्रिया तथा अनुपालन सम्बन्धी ज्ञानलाई थप प्रभावकारी बनाउने उद्देश्यले संस्थागत नीति तथा अनुपालनसम्बन्धी पुनर्ताजगी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले भदौ २० र २१ गते देशभरका १५ वटा स्टेशनमार्फत १०२ वटा शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखदेखि फिल्ड सहायक कर्मचारीसम्मलाई सहभागी गराई प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा केन्द्रीय कार्यालयका पदाधिकारी तथा विभिन्न विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो भने तालिमको प्रशिक्षण तथा सहजीकरण सम्बन्धित अनुगमन अधिकृतहरूले गरेका थिए ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

तालिमका क्रममा संस्थाको कर्जा तथा बचत नीति, असुली नीति, कार्यान्वयनका प्रमुख प्रावधान, ग्राहक संरक्षण तथा संस्थागत सामाजिक उत्तरदायित्व लगायतका विषयमा कर्मचारीहरूलाई पुनर्ताजगी गराइएको थियो । 

साथै, शाखा तथा कार्यक्षेत्रमा देखिने व्यावहारिक समस्या, तिनका समाधानका उपाय तथा कार्यप्रणालीमा आवश्यक सुधारका विषयमा सहभागीहरूसँग अन्तरक्रियात्मक छलफल गरिएको थियो । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनका प्रमुख प्रावधान, संस्थाका आन्तरिक परिपत्र तथा तिनको प्रभावकारी कार्यान्वयन सम्बन्धी विषयमा समेत जानकारी तथा मार्गदर्शन प्रदान गरिएको थियो । 

यस क्रममा कर्मचारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपनाउनुपर्ने संस्थागत प्रक्रिया, नीति तथा अनुपालन सम्बन्धी आवश्यक जानकारी प्राप्त गर्नुका साथै कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विषयमा मार्गदर्शन प्राप्त गरेका थिए ।

तालिममा सहभागी कर्मचारीहरूले आफ्ना कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित विषयमा छलफल तथा अन्तरक्रिया गर्न पाउँदा कार्यक्रम उपयोगी र व्यावहारिक रहेको प्रतिक्रिया दिएका छन् । नीति तथा अनुपालनका विषयमा रहेका जिज्ञासा समाधान हुनुका साथै दैनिक कार्यसम्पादनमा थप स्पष्टता र प्रभावकारिता ल्याउन सहयोग पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् । 

विशेषगरी कार्यक्षेत्रमा देखिने व्यावहारिक समस्या र त्यसको समाधानका विषयमा खुला छलफल हुनुले कर्मचारीहरूमा थप आत्मविश्वास र जिम्मेवारीबोध बढाएको महसुस गरिएको थियो ।

१५ वटा स्टेशनमार्फत देशभरका १०२ शाखामा कार्यरत ३४३ कर्मचारीलाई समेटिएको उक्त कार्यक्रमले संस्थागत सुशासन, नीति तथा अनुपालनमा स्पष्टता, जिम्मेवार सेवा प्रवाह र कार्यप्रणालीमा एकरूपता कायम गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

साथै, व्यावहारिक समस्या, समाधानका उपाय तथा कार्यप्रणाली सुधारबारे गरिएको अन्तरक्रियाले कर्मचारीहरूको कार्यसम्पादन र प्रभावकारिता बढाउन योगदान गर्ने विश्वास गरिएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.