Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 01:04:17
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात
New Office

काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध रकम १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ पुगेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म कोषका विभिन्न बैंक खातामा रहेको नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दात जोड्दा कुल रकम १२ अर्ब ४३ करोड रुपैयाँ नाघेको हो।

कार्यालयका अनुसार कोषका नौवटा बैंक खातामा नेपाली रुपैयाँतर्फ ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ मौज्दात छ।

त्यस्तै, दुईवटा बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ।

नेपाली रुपैयाँ र डलर खातामा रहेको रकमलाई समायोजन गर्दा कोषमा कुल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ उपलब्ध रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

एकै दिन थपियो १७ करोडभन्दा बढी

कोषमा भदौ २५ गते मात्रै नेपाली रुपैयाँतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ रुपैयाँ थपिएको छ।

त्यस्तै, अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको विवरणमा उल्लेख छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार, निजी क्षेत्र, विभिन्न संघसंस्था, दातृ निकाय तथा व्यक्तिहरूबाट राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी छ।

यसअघि सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा व्यवस्थापनका लागि यही कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

ठूलो मानवीय तथा भौतिक क्षति भएको बाढीपछि खोज तथा उद्धार, तत्कालीन राहत, पुनःस्थापना र पुनर्निर्माणमा ठूलो रकम आवश्यक पर्ने भएकाले कोषमा संकलित रकमको प्रभावकारी र पारदर्शी परिचालन महत्वपूर्ण हुने देखिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.