शनिबार, असार २१,२०८२ 11:22:22
  • शनिबार, असार २१,२०८२ 11:22:22
Global IME Bank Limited

यो साता सर्वाधिक कमाउने १० कम्पनीमा लघुवित्तको दबदबा, कसका लगानीकर्ताले कमाए कति ?

Hyundai Nepal
यो साता सर्वाधिक कमाउने १० कम्पनीमा लघुवित्तको दबदबा, कसका लगानीकर्ताले कमाए कति ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता बजार घटेता पनि लघुवित्तका लगानीकर्ताहरुले भने सर्वाधिक कमाएका छन् । घट्दो बजारमा लगानीकर्ताको आकर्षण लघुवित्तमा देखिएको छ । चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनमा धेरैजसो लघुवित्त कम्पनीको आर्थिक अवस्था सुधारिएको देखिएको र लगानीकर्ताले सेक्टर परिवर्तन गर्दै लगानी गर्ने गरेकाले धेरैजसो लघुवित्तको सेयरमुल्य यो साता बढेको छ ।  

यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनीमा ८ वटा लघुवित्त पर्न सफल भएका छन् ।  

यो एक साताको अवधिमा समता लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो लघुवित्तका लगानीकर्ताले यो साता करिब १६ प्रतिशत कमाएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यसैगरि, इन्फिनिटी लघुवित्तका लगानीकर्ताले १५.६ प्रतिशत आर्न गरेका छन् । यो साता लक्ष्मी लघुवित्तका लगानीकर्ताहरुले १४.३२ प्रतिशत , ग्रामिण विकास लघुवित्तका लगानीकर्ताले १३.८६ प्रतिशत , साधना लघुवित्तका लगानीकर्ताले १३.८६ प्रतिशत , कालिका लघुवित्तका लगानीकर्ताले १२.३२ प्रतिशत , अभियान लघुवित्तका लगानीकर्ताले १०.५ प्रतिशत , सिद्धार्थ ग्रोथ स्किम २ का लगानीकर्ताले १०.१५ प्रतिशत , माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले ९.५७ प्रतिशत , आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताहरुले ९.५१ प्रतिशतले कमाए ।

यो साता धेरै गुमाउने कम्पनीहरुः  

यो साता सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो कम्पनीका लगानीकर्ताले २३.२७ प्रतिशत , पिपूल्स पावर लिमिटेडका लगानीकर्ताहरुले १६.९१ प्रतिशत , फर्स्ट माइक्रो फाइनान्सका संस्थापक लगानीकर्ताहरुले १४ प्रतिशत , एचडीएलका लगानीकर्ताहरुले १०.६४ प्रतिशत , र सीइडीबी जलविद्युत कम्पनीका लगानीकर्ताहरुले १०.१३ प्रतिशतले गुमाएका छन् ।  

 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.