बुधबार, आश्विन २१,२०८३ 07:56:09
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 07:56:09
Bizshala
Global IME Bank Limited

सम्पत्ति शुद्धीकरणका डीजीलाई पेस्तोल देखाएर दबाब दिएको आरोप, सरकारसँग संसदमा जवाफ माग

‘रेडकर्नर नोटिस जारी गराउन मध्यराति धम्की दिइयो’ भन्ने दाबीले संसद तात्यो

Bizshala
सम्पत्ति शुद्धीकरणका डीजीलाई पेस्तोल देखाएर दबाब दिएको आरोप, सरकारसँग संसदमा जवाफ माग
New Office

 

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकमाथि मध्यराति पेस्तोल देखाएर रेडकर्नर नोटिस जारी गर्न दबाब दिइएको भन्ने गम्भीर आरोपबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग स्पष्ट जवाफ मागेको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद चन्द्रमोहन यादवले उक्त विषय अत्यन्तै संवेदनशील रहेको भन्दै सरकारले औपचारिक रूपमा स्पष्टीकरण दिनुपर्ने बताएका हुन्।

यसअघि सांसद अमरेशकुमार सिंहले संसद बैठकमै सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई राति १ बजे बोलाएर कन्चटमा पेस्तोल राखी दुई घण्टाभित्र रेडकर्नर नोटिस जारी गर्न धम्की दिइएको दाबी गरेका थिए।

उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन। तर संसदभित्रै यस्तो गम्भीर आरोप उठेपछि सरकारको कार्यशैली, प्रशासनिक संयन्त्रको स्वायत्तता र कानुनी शासनको अवस्थामाथि प्रश्न उठेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सांसद यादवले सत्तारुढ पक्षबाट सार्वजनिक रूपमा आएका धम्कीपूर्ण अभिव्यक्ति र सरकारी अधिकारीमाथि दबाब दिइएको भन्ने आरोप लोकतान्त्रिक मूल्यमान्यतासँग मेल नखाने बताए।

उनले संसदमा सांसदहरूले प्रश्न उठाउँदा मन्त्रीहरूबाट समेत धम्कीपूर्ण भाषा प्रयोग भइरहेको भन्दै आपत्ति जनाए।

यादवले भने, “कतै कन्चटमै पेस्तोल राखेर थर्काएको कुरा आएको छ, कतै प्रश्न गर्दा धम्की आएको कुरा सुनिन्छ। यो अत्यन्तै अलोकतान्त्रिक विषय हो।”

उनले लोकतन्त्रको आधार नै भयरहित वातावरण र कानुनी शासन भएको भन्दै यस्तो आरोपलाई सामान्य राजनीतिक अभिव्यक्तिका रूपमा लिन नमिल्ने बताए।

यदि राज्य संयन्त्रका उच्च अधिकारीलाई कुनै निर्णय गराउन हतियार देखाएर दबाब दिइएको हो भने त्यो विषय केवल प्रशासनिक विवाद नभई गम्भीर आपराधिक तथा संस्थागत प्रश्न बन्ने सांसदहरूको भनाइ छ।

कांग्रेसले उक्त घटनाबारे वास्तविकता के हो, कसले दबाब दिएको हो र यस विषयमा सरकारले कुनै छानबिन अघि बढाएको छ वा छैन भन्नेबारे संसदलाई जानकारी गराउन माग गरेको छ।

यस विषयमा सरकारको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.