काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडको करिब २ करोड कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ । मर्जर प्रक्रियाका कारण रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा गरिएको हो ।
साबिकको पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच १ः१ अनुपातमा मर्जर भएपछि कायम भएको सेयरलाई नेप्सेले सूचीकरण गरेको हो ।
मर्जरपछि पोखरा फाइनान्स लिमिटेड (पीएफएल) को नाममा कायम भएको प्रतिकित्ता १०० रुपैयाँ अंकित तथा चुक्ता मूल्य रहेको कुल १ करोड ९० लाख १४ हजार ६८० कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।
मर्जर प्रयोजनका लागि रोक्का रहेको उक्त सेयर कारोबारसमेत आवश्यक प्रक्रिया पूरा गरी फुकुवा गरिएको हो । अब कम्पनीका सेयरधनीले नेप्सेमा सूचीकरण तथा कारोबारका लागि तोकिएका शर्तहरू पालना गरी उक्त सेयर कारोबार गर्न सक्नेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।