काठमाण्डौ । कलिन्चोक हाइड्रोपावर लिमिटेडले सार्वजनिक निष्काशनमार्फत जारी गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरको लक–इन अवधि कात्तिकमा समाप्त हुने भएको छ ।
कम्पनीका अनुसार सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने ४१ लाख २५ हजार रुपैयाँ बराबरको ४१ हजार २५० कित्ता साधारण सेयर लक–इनमा राखिएको थियो ।
उक्त सेयरको लक–इन अवधि २०८३ साल कात्तिक ६ गते समाप्त हुने कम्पनीले जनाएको छ ।
लक–इन अवधि समाप्त भएपछि सम्बन्धित सेयरहरूमा लागू हुने प्रचलित धितोपत्रसम्बन्धी नियम तथा व्यवस्था बमोजिम कारोबार गर्न सकिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।