शुक्रबार, आश्विन २,२०८३ 08:33:26
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 08:33:26
Bizshala
Global IME Bank Limited

पर्यटकको मोबाइल कनेक्टिभिटी सहज बनाउन एनसेल र नाटोबीच सहकार्य

पर्यटकको मोबाइल कनेक्टिभिटी सहज बनाउन एनसेल र नाटोबीच सहकार्य
New Office

काठमाण्डौ। नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई सहज र भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउन एनसेल र नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो)बीच रणनीतिक सहकार्य भएको छ।

यससम्बन्धी समझदारीपत्रमा बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्त र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

Shivam Cement
Bizshala
CG Motors

हकार्यअन्तर्गत एनसेलले पर्यटकलाई मोबाइल कनेक्टिभिटी सेवा उपलब्ध गराउनेछ भने नाटोले आफ्नो ट्राभल अपरेटर सञ्जालमार्फत अन्तर्राष्ट्रिय पर्यटकलाई उक्त सेवाबारे जानकारी गराउनेछ।

एनसेलका दत्तले एनसेलको देशव्यापी नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको पहुँचमार्फत पर्यटकको यात्रा अनुभवलाई थप सहज बनाउने लक्ष्य रहेको बताए। उनका अनुसार सहकार्यले ‘#NepalCalling’ अभियान प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउनेछ।

Muktinath Bikas Bank Limited

नाटोका अध्यक्ष श्रेष्ठले पर्यटन भनेकै मानिस, संस्कृति र अनुभवबीचको सम्बन्ध भएको उल्लेख गर्दै नेपाल आउने पर्यटकलाई यात्राभर सम्पर्कमा रहन सहकार्यले मद्दत गर्ने बताए।

यसैगरी, एनसेल फाउन्डेसनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रमुख राजमार्गमा आधुनिक खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) पूर्वाधार निर्माणमा नाटोलाई सहयोग गर्नेछ। यसको नमुना परियोजना धादिङको गजुरीबाट सुरु गरिने जनाइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.