आईतवार, आश्विन ४,२०८३ 06:16:28
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 06:16:28
Bizshala
Global IME Bank Limited

कर बढाउँदा पनि बढेन राजस्व, सेयर कारोबारबाट सरकारको आम्दानी १.५० अर्बले घट्यो

कर बढाउँदा पनि बढेन राजस्व, सेयर कारोबारबाट सरकारको आम्दानी १.५० अर्बले घट्यो
New Office

काठमाण्डौ । सेयरबजारको सूचक र कारोबार रकम कमजोर बनेसँगै सेयर कारोबारबाट सरकारले प्राप्त गर्ने पूँजीगत लाभकरमा ठूलो गिरावट आएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा सरकारले सेयर कारोबारबाट १ अर्ब २५ करोड ७६ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ।

यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.४२ प्रतिशत कम हो। गत वर्ष साउन र भदौमा सरकारले सेयर कारोबारबाट २ अर्ब ७५ करोड ७९ लाख रुपैयाँ पूँजीगत लाभकर प्राप्त गरेको थियो।

यस आधारमा एक वर्षको अन्तरमा पहिलो दुई महिनामै सेयर कारोबारबाट सरकारको आम्दानी करिब १ अर्ब ५० करोड रुपैयाँले घटेको देखिन्छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

भदौमा भने राजस्व केही बढ्यो

सीडीएससीको तथ्यांकअनुसार चालु वर्षको भदौ महिनामा मात्रै सरकारले सेयर कारोबारबाट ६३ करोड २७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ।

यो रकम गत वर्षको भदौको तुलनामा ५.२० प्रतिशत बढी हो। गत वर्ष भदौमा सेयर किनबेचबाट सरकारले ६० करोड १४ लाख रुपैयाँ पूँजीगत लाभकर प्राप्त गरेको थियो।

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अनिश्चितताका कारण सेयरबजार करिब एक साता बन्द भएको थियो। त्यसले समेत उक्त महिनाको कारोबार तथा सरकारको कर आम्दानी प्रभावित पारेको थियो।

यसपटक भने बजार नियमित रूपमा खुले पनि नेप्से परिसूचकसँगै कारोबार रकम कमजोर हुँदा सरकारको पूँजीगत लाभकर आम्दानी दबाबमा परेको देखिन्छ।

कर बढाउँदा पनि आम्दानी आधाभन्दा बढी घट्यो

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर दर बढाएको थियो। तर, बजारको कारोबार नै खुम्चिएपछि करको दर बढाउँदासमेत सरकारको कुल आम्दानी गत वर्षको तुलनामा आधाभन्दा बढीले घटेको छ।

बजार लगातार कमजोर बनेपछि सरकारले बजेटमार्फत बढाइएको पूँजीगत लाभकर दरसमेत पछि घटाएको छ। पछिल्लो व्यवस्थाअनुसार सेयर बिक्रीबाट प्राप्त नाफामा होल्डिङ अवधिका आधारमा ३.५ प्रतिशत र ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था गरिएको छ।

चालु आर्थिक वर्षको सुरुवातमा केही उकालो लागेको सेयरबजार पछिल्लो समय पुनः दबाबमा परेको छ। नेप्से परिसूचक घटेर २६४७ विन्दु आसपास आइपुगेसँगै कारोबार रकमसमेत कमजोर बनेको छ।

यसले सेयर लगानीकर्ताको सम्पत्तिमा मात्रै होइन, सेयर कारोबारलाई राजस्वको स्रोत बनाउँदै आएको सरकारको आम्दानीमा समेत प्रत्यक्ष असर पारेको देखिन्छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.